ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता नारायणकाजी श्रेष्ठका दृष्टिमा माओवादीका यी पाँच काम


एबीसी / संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धिका साथै जनताको परिवर्तनको आवश्यकता पूरा गर्न अझै पनि मुलुकमा माओवादीको आवश्यकता रहेको बताउनुभएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवशेनलाई सम्बोधन गर्दै उहाँले मुलुकका विभिन्न पाँच समस्या समाधान गर्न माओवादी बलियो हुनुपर्ने बताउनुभयो ।

उहाँले उत्पीडित जाति, लिङ्ग, वर्ग, समुदाय र जनताको परिवर्तनका साथै नेपाली कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलनको आवश्यकतालाई सम्बोधन गर्ने गरी माओवादी प्रस्तुत हुने बताउनुभयो । राष्ट्रिय आवश्यता पूरा गर्न गम्भीर कमिकमजोरी रहेको उल्लेख गर्दै उहाँले गम्भीर आत्समीक्षा हुनुपर्ने बताउनुभयो । सार्वभौमिकता, स्वाधिनता, स्वाभिमान र हितको रक्षा गर्नु, वैदेशिक हस्तक्षेप हुन नदिनका लागि आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने पहिलो कार्यभार भएको बताउनुभयो । माओवादीले राष्ट्रियताको सन्दर्भमा कोही कसैसँग कहिल्यै नझुक्ने सङ्कल्प गरेको उल्लेख गर्दै नेता श्रेष्ठले अन्य दललाई पनि यही मुद्दामा एकतबद्ध हुन अपिल गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख समाजवादी लोकतन्त्र, संविधानको रक्षा, संस्थागत सुदृढीकरण र व्यवहारमा कार्यान्वयनमा जानुपर्ने बताउँदै उहाँले आवश्यकताअनुसार संविधान संशोधन एवं परिस्थितिले माग गरेअनुसार लोकतन्त्रलाई परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो । लोकतन्त्रलाई सामाजिक आर्थिक रुपमा जोड्दै शिक्षा, स्वास्थ्य रोजागरीलगायत आधारभूत आवश्यकता पूरा गरेर जनतालाई नयाँ जीनव दिँदै सवाजवादको नयाँ अधार तयार गर्नुपर्ने बताउनुभयो । संविधानले समाजवादउन्मुख राज्य र अर्थ व्यवस्थाको परिकल्पना गरेको भन्दै उहाँले त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने आवश्यतामा जोड दिँदै उहाँले सेना समायोजन र संविधान निर्माण सम्पन्न भए पनि सत्यनिरुपण र बेपत्ता छानबिनको काम गर्न बाँकी रहेको र यी काम बाँकी राख्दासम्म शान्ति प्रक्रियाले पूर्णता नपाउने बताउनुभयो । “नेपाली जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा भएको छैन, समृद्धिको प्रतिफल आम दुःखी गरिबलाई दिने काम बाँकी छ । गल्ती कमजोरीलाई सच्याउँदै अगाडि जानुपर्छ”, उहाँले भन्नुभयो । माओवादीका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले वामपन्थी शक्तिहरु एक हुनुपर्नेमा जोड दिँदै समाजवादी क्रान्ति सम्पन्न गर्न नेतृत्वले चिन्तन, सोच र व्यवहार बदल्नुपर्ने बताउनुभयो । माओवादी जनयुद्धले विकास गरेको विकास गरेको ‘प्रचण्ड पथ’ लाई छाडेर नेपाली जनवादी क्रान्ति रनभुल्लमा परेको उल्लेख गर्दै उहाँले प्रचण्ड पथलाई छाड्नु गम्भीर गल्ती भएको बताउनुभयो ।

नेपाली जनताको परिवर्तनका ठूल्ठूलो क्रान्ति गरेको गौरवशाली इतिहास बोकेको पार्टीको नेतृत्वबाट अध्यक्ष दाहालले पछि हट्न नहुनेमा जोड दिँदै उहाँले अध्यक्ष दाहालले पार्टीको जिम्मेवारी छोड्छु भन्न नमिल्ने बताउनुभयो । “स्थापित नेतृत्वलाई हटाएर अर्को नेता बनाउने पूँजीवादी चिन्तन हो”, उहाँले भन्नुभयो, “क्रान्तिको नेतृत्व न उमेरले गर्न सक्छ, न अनुहारले गर्न सक्छ, क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र रु अध्यक्षले छोड्छु भनेर धर पाउनुहुँदैन ।”नेपाली जनताको आवश्यकता पूरा गर्न समाजवादी क्रान्तिको अपरिहार्यता रहेको महसुस गर्दै नेकपा ९एमाले०सँग पार्टी एकता गरिएको भए पनि एमाले अध्यक्षले पदको मात्र कुरा गर्दा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी अप्ठ्यारोमा परेको बताउनुभयो । भावनाले पार्टी एकता नहुँदै भन्दै उहाँले क्रान्तिकारी नेतृत्व, विचार र विधि चाहिने बताउनुभयो । क्रन्तिकारी विचार निर्माणका लािग पार्टी बहसमा होमिएको उल्लेख गर्दै उहाँले महाधिवशेनले क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com