ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धन कसैका खिलाफमा होइन – प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन कोही कसैको खिलाफमा नभएको स्पष्ट पार्नुभएको छ । “यो पाँच दलीय गठबन्धन कोही कसैको खिलाफमा होइन । यो संविधानको रक्षा र संसद्लाई पूरा कार्यकाल चल्न दिनका लागि गठन भएको हो । म त चाहन्छु यो अझै अगाडि जाओस्”, उहाँले भन्नुभयो, “उता ओलीजी ९नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली० र अन्य पार्टीलाई नलागोस् कि यो गठबन्धन हाम्रा खिलाफमा हो ।”

नेकपा ९माओवादी केन्द्र० को आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले संसद् आफ्नो कार्यकालभरि चलोस् भन्ने पुनित उद्देश्यले सो प्रावधान संविधानमा राखिएको स्मरण गर्नुभयो । नेपालको संविधानसभाको निर्वाचन, संविधान निर्माण र शान्ति प्रक्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उल्लेखनीय भूमिका रहेको बताउँदै प्रधानमन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई सबैको सहयोग र सहमतिमा शिघ्र निष्कर्षमा पु¥याइने विश्वास दिलाउनुभयो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० कुनै पनि अर्थमा राष्ट्रघाती नभएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “कहाँ छ एमसीसीमा राष्ट्रघात । पढ्नुप¥यो, अध्ययन गर्नुप¥यो । म राष्ट्रको खिलाफमा जाऔँला कहिल्यै रु प्रजातन्त्र र राष्ट्रका लडेको मान्छे हो म, के राष्ट्रघात काम गरुँला मैले रु राष्ट्रघाती सन्धि किन गरुँला रु त्यसकारण यसका बारेमा अध्ययन गर्नुस् । हाम्रो बीचमा छलफल हुँदैछ । एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिन्न भन्छन् १” उहाँले भन्नुभयो ।

विश्व बैंक, एशियाली विकास बैंकलगायतका बहुपक्षीय दातृ निकायबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउँदै प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानून मान्छु भनेकाले यो देशको खिलाफमा नभएको स्पष्ट गर्नुभयो । व्यापक छलफल गरेर एससीसी सहमतिका साथ पास गराउने प्रधानमन्त्रीको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com