ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन जाने गाजा दह ?


एबीसी / संवाददाता
पुस ११, २०७८ आईतबार  २ : ५२ बजे

बागलुङ । तपाईं घुमघामका लागि बागलुङ रोज्दै हुनुहुन्छ रु त्यसो हो भने गाजा दहलाई पनि गन्तव्यमा समेट्नुहोला । प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो हो । पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ ।

यो सदरमुकामदेखि नजिकै छ । गाजाको सौन्दर्य दहमा मात्र सीमित छैन । पर्यावरण र संस्कृति पनि त्यहाँका चिनारी हुन् । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्छ, गाजा दह । कहिले हिउँ फूल्छ गाजामा, कहिले लालीगुराँस ।

प्रकृतिले दिएका देनमध्यको एउटा हो, गाजा दह । दुई हजार ४८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । एकपटक घुमेर धित मर्दैन । त्यहाँ पुग्न बागलुङ बजारदेखि मोटरमा २४ किमी, पैदल चार÷पाँच घण्टाको यात्रा तय गरे पुग्छ । पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् ।

ग्रामीण जनजीवन नियाल्दै पदयात्रा गाजातिर सोझिन्छ । गाजा पुग्दा नपुग्दै प्रकृति घडा लिएर मानिसको स्वागतमा उभिए झैँ लाग्छ । वनको माझ दह, माथिपट्टि गाउँ । दहछेउ देखिने सेताम्मे हिमाल । बाह्रैमास चल्ने चिसो सिरेठो ।उस्तै गाउँको रहनसहन, खेती प्रणाली र सांस्कृतिक वैभव । स्थानीय छविलाल पुनका अनुसार गाजा दहलाई पहिलेपहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिगँ्रन नदिन संरक्षण गरिएको छ ।

हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आगन्तुक लालयित हुन्छन् । त्यहाँबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यापान गर्न सकिन्छ । दह परिसरमा बराह थान छ । गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ । “वर्षेनी वैकुण्ठ चर्तुदशीमा यहाँ ठूलो मेला लाग्छ, यो परम्परादेखि नै चल्दै आएको हो”, ६६ वर्षीय पुनले भन्नुभयो, “गाजाको पहिचान प्रकृति र संस्कृतिसँग जोडिएको छ ।” खेती किसानी गरेर जीविका चलाउँछन्, गाजावासी । त्यहाँको मुख्य बाली आलु र भाँगो हो । पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ । व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरु स्थानीय परिकार चखाउँछन् । लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन् । मौलिक संस्कृति पस्कन्छन् । “अहिले तीन घरमा मात्र होमस्टे सेवा छ, दैनिक २० जना जति पाहुना हामी राख्न सक्छौँ”, सञ्चालक प्रेम छन्त्यालले भन्नुभयो ।

पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको उहाँको भनाइ छ । कोदो, मकै, भट्टमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन् । मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुन्छ । “पाहुनाको रोजाइअनुसार नै परिकार तयार पार्छौं, मूल्य पनि चल्तीअनुसारको छ, धेरै महँगो छैन”, सञ्चालक छन्त्यालले भन्नुभयो । सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि पछिल्लो समय गाजा दहमा पर्यटकीय आकर्षण बढेको छ । घुम्ने याममा आन्तरिक पर्यटक बाक्लै पुग्ने गरेका छन् । विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि गाजा दह रोज्छन् । विदेशी पर्यटक भने अझै त्यहाँ भित्रन सकेका छैनन् ।

गाजा दह संरक्षण समितिका अध्यक्ष गोपाल छन्त्यालले पूर्वाधार विकास गर्नसके गाजामा उल्लेख्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो । “सोचेजसरी काम हुन सकेको छैन, बजेट, स्रोतसाधनको कमी छ”, उहाँले भन्नुभयो, “राज्यका निकायले लगानी बढाए हामी यहाँको विकासमा खटिन तयार छौँ ।”चार वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । त्यसयता पूर्वाधारमा खास काम भएको छैन । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको रु १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ । नगरपालिकाबाट आएको रु एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ । देशी विदेशी पर्यटक तान्न स्तरीय सडक, पदमार्ग र सुविधायुक्त होटलको खाँचो रहेको अध्यक्ष छन्त्यालले बताउनुभयो । समितिले दहदेखि माथि गाजाको धुरीसम्म पुग्ने पदमार्ग निर्माणको योजना अघि सारे पनि बजेट नहुँदा कामले गति लिन सकेको छैन । गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ ।

प्राकृतिक ‘भ्यू टावर’का रुपमा त्यसलाई चिनिन्छ । घना जङ्गलले घरेको त्यस क्षेत्र जडीबुटीका लागिसमेत प्रख्यात छ । दुर्लभ वन्यजन्तु र पन्छीको बासस्थान छ, त्यहाँ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन । गुरुयोजनामा ‘भ्यू टावर’, पदमार्ग, सामुदायिक लज जस्ता पूर्वाधार बनाउने उल्लेख छ । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com