ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आम जनताको आवाज उठाउने र नीति निर्माण गर्ने थलो संसद् हो – नेता खनाल


एबीसी / संवाददाता
पुस १, २०७८ बिहीबार  ६ : ३७ बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  एकीकृत समाजवादीका नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुने बताउनुभएको छ । पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर निरन्तर जनप्रतिनिधिमूलक थलोमा बाधा पु¥याइरहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले पछिल्लो निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरी करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा त्यसलाई सम्हाल्न नसकेको एमालेले पुनः बहुमत ल्याउने भ्रम फैलाइरहेको बताउनुभयो ।बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि मजदुर, किसान, देशभक्त र समाजवादी चिन्तन बोकेका वर्गलाई एकताबद्ध गरी अगाडि बढेको उल्लेख गर्दै उहाँले बहुसङ्ख्यक जनतालाई न्यायोचितरूपमा वितरणका अवसर उपलब्ध गराउने व्यवस्था नै समाजवाद भएको बताउनुभयो ।

काठमाडाँै कमिटी इन्चार्ज वसन्त मानन्धरले पार्टीका नीति तथा कार्यक्रमलाई प्रसार सामग्रीका माध्यमबाट प्रत्येक जनताको घरमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै गर्नुभयो । ऊर्जा तथा सिँचाइसमेतमन्त्री रहनुभएका मानन्धरले सञ्चारमैत्री कार्यक्रम बनाएर राजनीतिक अभियान सञ्चालन गरी प्रचार क्षेत्रलाई प्रभावकारीकारी परिचालन गरिने बताउनुभयो । यही मङ्सिर २९ देखि आजसम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र पाण्डे, पार्टीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाललगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com