ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम २ अर्बमा खुम्चियो


एबीसी / संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले उकालो लागेर ४६५.२३ मा पुगेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सुस्ताएको छ । कूल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर रु दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख ८० हजारको हाराहारीमा पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १८.७७, अन्य ४.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.१२ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ २.३५, व्यापार १९.३४, विकास बैङ्क २१.९२, जलविद्युत् १७.०१, वित्त १६.२८, निर्जीवन बीमा ६०.२७, उत्पादन २१.२९, लघुवित्त २५.१७ र जीवन बीमा ३४.४३ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड ८५ लाख ५२ हजार २०५ बराबरको कारोबार भयो ।
यस्तै, अपि पावर कम्पनी रु आठ करोड ६२ लाख २१ हजार ९०९, नबिल बैङ्क रु आठ करोड १४ लाख चार हजार ३९१, महालक्ष्मी विकास बैङ्क रु आठ करोड सात लाख २९ हजार र नेशनल हाइड्रोपावर रु सात करोड ३८ लाख दुई हजार ६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार सिनर्जी पावर ४.५५, लक्ष्मी इक्विटी फण्ड ४, सपोर्ट माइक्रोफाइनान्स ३.४४,सिंगटी हाइड्रोपावर ३.२४ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३.१७ प्रतिशतले कमाए । यस्तै, सामुदायिक लघुवित्त ५.८२, श्री इन्भेस्टमेन्ट फाइनान्स ५.१४, एनआइसी एशिया लघुवित्त ४.११, घलेम्दी हाइड्रोपावर ४.०२ र सबैको लघुवित्तका लगानीकर्ताले ३.९३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com