काठमाडौं । सिंगै कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस परेको छ । महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि सहमतिका प्रयासहरु विफल भएका हुन् । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका बताइएको छ ।
तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश ओलीसमक्ष पठाउनुभएको छ । ओलीले आज दिउ“सो नेम्बाङलाई बोलाएर उपाध्यक्षमा मनाउन खोपे पनि उहा“को प्रयास सफल भएन । उता अध्यक्ष पदमा उड्ने बताइरहनुभएका भीम रावल भने बन्दसत्र हलमा प्रतिनिधिस“ग भोट माग्न व्यस्त हुनुहुन्छ । नेम्बाङलाई मनाउनसके पदाधिकारीमा सर्वसम्मति जुटाएर आजै मध्यरातसम्ममा ३०१ जनाकै नामावली घोषणा गरिने बताइएको छ ।
्








प्रतिक्रिया दिनुहोस्