ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘खानीको टेण्डरमा महानिर्देशक घिमिरेले चलखेल गर्न खोजे’


एबीसी / संवाददाता
मंसिर ९, २०७८ बिहीबार  ४ : २१ बजे

काठमाडौं । खानी तथा भूगर्भ विभागले गत वैशाखमा खुलाएको विभिन्न खानीहरुको टेण्डर महानिर्देशक रामप्रसाद घिमिरेको ढिलासुस्ती र चलखेलका कारण अहिलेसम्म स्वीकृत भएको सूचना जारी हुन सकेको छैन ।

विभागको स्रोत अनुसार महानिर्देशक घिमिरेले ढिलासुस्ती गरेकै कारण दुई महिनादेखि टेण्डर अवार्ड भएको सूचना जारी हुन नसकेको हो । स्रोतका अनुसार उच्च तहका केही व्यक्तिले सूचना ननिकाल्न दबाब दिएको बताईएको छ । विभागको टेण्डर मुल्यांकन समितिले गत भदौमा कम्पनीहरुको प्राविधिक प्रस्ताव र असोज २२ गते आर्थिक प्रस्ताव खोलेको थियो ।

प्राविधिक प्रस्तावमा पास भएका केही कम्पनीहरुको आर्थिक प्रस्ताव गत असोज २२ गते खोलिएको थियो । विभागका उपमहानिर्देशक जयराज घिमिरेको संयोजकत्वमा गठित मुल्यांकन समितिले टेण्डरको प्राविधिक र आर्थिक प्रस्ताव सम्पन्न भईसकेर प्रतिवेदन पेश गरिसकेको झण्डै डेढ महिना पुग्न लागेको छ ।
महानिर्देशक घिमिरेले उक्त टेण्डर सम्बन्धी प्रतिवेदन अहिलेसम्म आफ्नै टेबलमा राखेर थन्काएका छन् । विभागको स्रोत अनुसार महानिर्देशक घिमिरेले आर्थिक चलखेल गर्नका लागि टेण्डर अवार्डको सूचना प्रकाशित नगरेर आलटाल गरिरहेका छन् । ‘हामीले पनि डिजी साबको भित्री मनसाय के हो बुझ्न सकेका छैनौं’, स्रोतले भन्यो, ‘टेण्डर सम्बन्धी सबै प्रक्रिया सम्पन्न भईसक्दा पनि अवार्ड हुन नसक्नु दुःख लाग्दो कुरा हो । यसरी सूचना निकाल्न आलटाल गरिनुको पछाडि पक्कै पनि केही स्वार्थ होला ।’

खानी तथा भूगर्भ विभागले गत बैशाख २ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा नेपालका विभिन्न ठाउँहरुमा चुनढुंगा, मार्बल, बालुवा, तामा र काउलिन जस्ता खनिज पदार्थहरुको खोजतलास अध्ययन र उत्खनन् सम्बन्धी टेण्डर प्रकाशित गरेको थियो । उक्त समयमा कोभिड–१९ को प्रकोप बढिरहेको बेला विभागले टेण्डरको म्याद थप गरी अन्तिम पटक असार २७ गते प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने समय जारी ग-यो ।
नाम उल्लेख गर्न नचाहने शर्तमा टेण्डरमा सहभागी एक कम्पनीका अनुसार महानिर्देशक घिमिरेले पैसाको लागि कुनै बार्गेनिङ गर्न खोजिरहेका छन् कि भन्ने शंका लागेको बतायो । उक्त कम्पनीले भन्यो, ‘यो विषयमा हामीले अख्तियार, उद्योग मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिईसकेका छौं । सरकारको ध्यानाकर्षण गराईसकेका छौं ।’
टेण्डरको विषयमा फोन सम्पर्क गरेर बुझ्दा महानिर्देशक घिमिरेले आफूले प्राविधिक र आर्थिक प्रस्तावको विषयमा अझै अध्ययन गरिरहेको जवाफ दिएर पन्छिन खोजे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com