ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति चिन्तित


एबीसी / संवाददाता
मंसिर ४, २०७८ शनिबार  ४ : १२ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ ।

पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिरहनुपर्ने अवस्थामा छौँ । जलवायु परिवर्तनका कारण सिर्जित समस्याको असर हामीले भोगिरहेका छौँ । विश्वको जलवायु परिवर्तनको सङ्कटको धक्का हामीलाई पनि लागेको छ”, काठमाडाँै विश्वकै उत्कृष्ट सांस्कृतिक नगरका रुपमासमेत चिनिएको भए पनि धुवाँधुलोका कारणले गर्दा प्रदूषण फैलिएर यहाँको जनस्वास्थ्यमा गम्भीर क्षति पु¥याइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यसबाट बच्नका लागि पर्यावरणलाई स्वच्छ र सन्तुलित कायम राख्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर रोक्न अनूकलनका औजार तथा साधनको प्रयोग गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले काठमाडौँ उपत्यकामा इँटाभट्टा र पेट्रोलियम सवारीका कारण प्रदूषण बढेको भन्दै धेरै प्राकृतिक ऊर्जाको प्रयोग हुने क्षेत्रमा विद्युत्को प्रयोग गर्न सकिए प्रदूषण र व्यापार घाटा कम हुने बताउनुभयो । “वायु प्रदूषणको असर कम गर्न विद्यमान यातायात व्यवस्थालाई विद्युतीय यातायातमा रुपान्तरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडाँै उपत्यकामा मात्र विद्युतीय सवारी सञ्चालनको व्यवस्था गर्न सकिए यहाँका वातावरण स्वच्छ हुन्छ, पेट्रोलियम पदार्थको आयातका कारण थपिएको बोझ कम हुन्छ, यसबाट वायुप्रदूषण कम हुने मात्र नभई व्यापार घाटा सन्तुलनमा ल्याउन पनि बल पुग्छ ।”
राष्ट्रपति भण्डारीले आयात वृद्धिसँगै दिन प्रतिदिन मुलुकको व्यापार घाटा बढिरहेकामा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताउनुभयो । नेपालमा रहेको स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डारलाई आत्मनिर्भरताका लागि प्रयोग गर्न सुझाव दिदैं उहाँले नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य र वनजन्य उत्पादनमा हामी आत्मनिर्भर हुन नसक्दा मुलुकले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको बताउनुभयो ।

“प्रकृतिक सम्पदा र स्रोतले भरिपूर्ण देश भएर पनि हामीले त्यसलाई राष्ट्रको सम्मुन्नति र जनजीवनको समृद्धिका लागि आवश्यकताअनुसार प्रयोग गर्न नसक्दा चुलिएको व्यापार घाटाको अवस्थाले गर्दा हामी परनिर्भरतातर्फ गइरहेको छौँ”, उहाँले भन्नुभयो, “मुलुकको विकासका लागि आत्मनिर्भरतामा ध्यान दिनुपर्छ, आत्मनिर्भर हुनसक्ने हामीसँग पर्याप्तमात्रामा स्रोत र साधन छन् ।”राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिमा स्थानीय साधन स्रोतको उचित प्रयोग गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भरतामार्फत परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने बताउनुभयो । “परनिर्भरतालाई कम गर्दै लैजान हामीसँग भएका स्रोतसाधनको प्रयोग गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “मुलुकमा विद्युत् उत्पादन बढिरहेको छ, तर हामीले पर्याप्त प्रयोग गर्न सकेका छैनौँ ।” विद्युत्को आन्तरिक खपत बढाउन पर्याप्त पूर्वाधार नरहेको भन्दै उहाँले स्वदेशमै उत्पादित विद्युत्को प्रयोग गरेर वायु प्रदूषण र व्यापार घाटा कम गराउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com