ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट


एबीसी / संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आजको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो ।

यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर रु सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये बैंकिङ ४.७२, व्यापार २५.६४, होटल तथा पर्यटन ५१.५२, जलविद्युत् ७१.९८, वित्त ३२.४२, अन्य १०५.२८ र लघुवित्त ८.६८ अङ्कले बढेको छ । विकास बैंक ७५.७९, निर्जीवन बीमा ६.२३, उत्पादन १००.६, जीवन बीमा ८४.७१, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५२ अङ्कले घटेका छन् । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख ६० हजार १५१ बराबर पुगेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह्यो ।
सो कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ बराबरको कारोबार भयो । यस्तै, महालक्ष्मी विकास बैंक ३८ करोड ५६ लाख, एशियन लाइफ इन्स्योरेन्स ३३ करोड ६६ लाख ४० हजार ७४५, नेशनल हाइड्रोपावर २६ करोड ३१ लाख १२ हजार २१९ र गरिमा विकास बैंक रु २२ करोड १९ लाख ४० हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार पञ्चकन्या माई हाइड्रोपावर र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी ९.९९ र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । त्यस्तै, बोटलर्स नेपाल तराई ७.४७, महालक्ष्मी विकास बैंक ७.४१, गुराँस लाइफ इन्स्योरेन्स ४.१३, गुह्वेश्वरी मर्चेन्ट बैंकले ३.८८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ३.०९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com