काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुमध्ये ५ जना २२ दिनपछि इजलास फर्किएका छन् । राणाले राजीनामा नदिएसम्म इजलास नफर्किने न्यायाधीशहरुको अडानले एक सातासम्म सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएको थिएन । तर प्रधानन्यायाधीश राणासंगको वार्तापछि आन्दोलित न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्दै आएका थिए ।
राणाविरुद्ध मोर्चाबन्दी गरेका १८ न्यायाधीशमध्ये पा“च न्यायाधीश इजलास फर्किएर सामान्य मुद्दामा पनि सुनुवाइ थालेका हुन् । प्रधानन्यायाधीश राणाले सामान्य मुद्दामा पनि पेशी तोकेपछि न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीले संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ थालेका छन् । रेग्मी र केसीको संयुक्त इजालसमा आजका लागि बन्दी प्रत्यक्षीकरणका कुनै मुद्दा छैनन् । इजलासको पहिलो नम्बरमै रहेको प्रजिता थापा रायमाझीले सोहन थापासमेत विरुद्ध दायर गरेको पुनरावेदन फिर्ताको मुद्दामा आदेश जारी भएको छ । इजलासले प्रजिताको माग बमोजिम हुने गरी आदेश जारी गरेको हो ।
उनीहरुको इजलासमा लिखत दर्ता बदर, जालसाजी, उत्प्रेषणसहितका विभिन्न मुद्दा सुनुवाइका लागि तोकिएको छ । हिजोदेखि आन्दोलन छाडेर न्यायाधीशहरू तेजबहादुर केसी, कुमार चु“डाल, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा काम फर्कने निर्णय गर्नुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्