ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साताको शेयर बजार : १६ अर्बको कारोबार


एबीसी / संवाददाता
कार्तिक २७, २०७८ शनिबार   ४ : ४५   बजे

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो । बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट रु चार करोड र बढीमा रु १२ करोडसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल २३० कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९.३५ अङ्कले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कूल दुई करोड ८६ लाख ४०९ कित्ता शेयर रु १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरिद बिक्री भए । दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अङ्कले ओरालो लाग्यो । सोमबार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा आर्लियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको थियो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ५२ करोड १० लाख तीन हजार ५९० बराबरको कारोबार भयो । मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९.७९ अङ्कले घटेर दुई हजार ७४९.८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लियो ।
त्यस दिन नेप्से परिसूचक उच्च अङ्कले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो । कूल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर रु छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही रु २९ करोड ८२ लाख ८१ हजार ७५२ कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । साताको अन्तिम दिन बिहीबार पनि नेप्से उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो ।
कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर रु पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो । बिहीबार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही रु ४७ करोड ४९ लाख ३४ हजार ५२१ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group