ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो


एबीसी / संवाददाता
कार्तिक २६, २०७८ शुक्रबार   ७ : ००   बजे

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृतु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उहाँको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भइ डलेर निधन भएको स्पष्ट पारेको हो ।

असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा उक्त घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछि परिवारले उहाँको मृत्यु आत्महत्याबाट नभई शारीरिक कारण भएको जनाएको हो । गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडक शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोष्ट मार्टम’ गर्दा पनि आत्महत्या नदेखिएको स्व चतुर्वेदीकी श्रीमती आशा चतुर्वेदीले बताउनुभयो । “चतुर्वेदीको निधनबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फीरुपमा आत्महत्या हुनसक्ने भन्ने खालको भ्रामक समाचारले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौँ”, उहाँले भन्नुभयो ।

सो दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महशुस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ । दुर्घटना हुनुभन्दा तीन साताअघि उहाँको तिलगङगा खाँखा अस्पतालमा मोतिविन्दुको सल्यक्रियासमेत गरिएको थियो । रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै उहाँ होटल तपस र होटल रामानमका पनि अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group