ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी हो कि खोलाको ?


एबीसी / संवाददाता
कार्तिक २२, २०७८ सोमबार   ५ : ४८   बजे

काठमाडौं । नेपाल खानेपानी संस्थान शाखा कार्यालयले वितरण गर्दै आएको धाराको पानी खोलाकै पानी जस्तो देखिन थालेको छ । विगतमा खानयोग्य पानी वितरण गर्ने कार्यालयले अहिले वितरण गर्ने गरेको पानी खान योग्य नभएको पाइएको हो । धारामा पानी निकै धमिलो र रातो जस्तो देखिने गरेकाले यहाँका बासिन्दा यो पानी खानेभन्दा अन्य काममा प्रयोग गर्न थालेका छन् ।

देवकोटा, तिनपैनी, मुनालपथ र रानी क्षेत्रको पानी ट्याङ्कीमा मुनालपथ बाहेकका सबै ट्याङ्की ४० वर्ष अगाडिका रहेको संस्थान प्रमुख शैलेन्द्र साहले बताउनुभयो । प्रत्येक ट्याङ्की ४५० घनमिटरका छन् । दैनिक विराटनगर क्षेत्रमा एक करोड २० लाख लिटर पानी वितरण भए पनि नगर क्षेत्रमा करिब दुई करोड लिटर पानीको माग रहेको उहाँको भनाइ थियो ।
देवकोटा पानी ट्याङ्कीबाट वितरण हुने पानी निकै फोहर, धमिलो र रातो माटो मिसिएको जस्तो देखिएकाले यसमा निर्भर उपभोक्ताले जार र बोतलका पानी प्रयोग गरिरहेका छन् । यसमा संस्थाले समयमै ध्यान दिनु आवश्यक रहेको स्थानीयवासी अर्जुन सुवेदीले बताउनुभयो । यस सम्बन्धमा संस्थानका प्रमुख साहले बाटो निर्माण गर्ने क्रममा केही ठाउँमा पानीका पाइप फुटेका कारणले यस्तो भएको हो, उपभोक्ताले पनि गुनासो गरिरहेको स्वीकार गर्दै सफा र खानयोग्य पानी वितरण गर्न संस्थान प्रतिबद्ध छ भन्नुभयो । उहाँले दिनमा तीन पटक वितरण गर्ने खानेपानीको न्यूनतम १० युनिटको महसुल रु ११० र यस अतिरिक्त प्रतियुनिट रु २५ लाग्ने संस्थानको नियम रहेको जानकारी दिनुभयो ।

वार्षिक रु सात करोडसम्म आम्दानी गर्न सफल खानेपानीले वितरण गर्ने पानीलाई सफा बनाउन र सुधार गर्न ‘जाइका’ नामक संस्थाले केही महिनापछि रु तीन अर्बको लगानीमा काम थाल्ने प्रमुख साहको भनाइ थियो । उहाँले यसका लागि विराटनगर महानगरपालिकाले वडा नं ५ मा जग्गा पनि उलब्ध गराइसकेकाले जाइकाले काम सम्पन्न गरेपछि विराटनगर क्षेत्रको खानेपानीको समस्या समाधान हुने जिकिर गर्नुभयो ।

केही वर्ष पहिले विराटनगरको खानेपानीमा जण्डिस हुने किटाणु देखिएपछि निकै समस्या भएको थियो भने यो समस्या पुनः दोहोरिन सक्ने उपभोक्ता रविन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खानेपानी हो कि खोलाको पानी हो छुट्याउन गाह्रो छ ।” खानेपानी संस्थाले यस्तो पानी वितरण गर्न थालेपछि विराटनगर क्षेत्रमा जार, बोतलको पानीको व्यापार भने फस्टाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group