ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले एक्लैले बहुमत ल्याउँछ– अध्यक्ष ओली


एबीसी / संवाददाता
कार्तिक १५, २०७८ सोमबार  ६ : ४४ बजे

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनुभएको छ । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उहाँले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताउनुभएको हो ।

पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।” नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उहाँले कसैको तागतले रोक्न नसक्ने बताउनुभयो । पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उहाँले भन्नुभयो, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उहाँले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।” आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उहाँले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिनुभयो ।

नेकपा ९एमाले० पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उहाँले यसका कार्यकर्ता यसैतर्फ केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी समाजवाद ल्याउन चाहन्छौँ, समाजवादको आधार तयार पार्न ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्नुपर्छ ।” समाजवादको आधार तयार पार्ने बाटो र विधि जनताको बहुदलीय जनवाद भएको बताउँदै ओलीले भन्नुभयो, “हामी देश बनाउन हिँडेका हौँ, पाँच दलीय गठबन्धन भत्काउन हिँडिरहेका छन् ।”पार्टीको अधिवेशनमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो के के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस् ।” उहाँले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिनुभयो ।

सो अवसरमा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेपाललाई राजनीतिक अस्थिरताको भुमरीमा धकेलिएको र फसाइएको भन्दै देशी विदेशी प्रक्रियावादीहरुले षड्यन्त्र गरिरहेको बताउनुभयो । आगामी निर्वाचनबाट जनताको मतबाट एमालेले देशको नेतृत्व गर्ने उहाँले बताउनुभयो । देशमा समृद्धि र विकाससँगै अगाडि बढाएर राष्ट्रिय स्वाधीनताको जिम्मेवारी नेकपा एमालेको काँधमा आएको उहाँको भनाइ थियो । एमाले नेता प्रभु साहले केपी ओली बाचुञ्जेल साथ दिने भन्दै सच्चा कम्युनिष्ट नेतृत्व एमालेले गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा प्रदेश २ एमालेमय बन्ने दाबी गर्नुभयो । कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डे, माधव ढुङ्गेल, रामप्रसाद न्यौपानेलगायतले बोल्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com