ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले गति लिन सकेन– अध्यक्ष जबरा


एबीसी / संवाददाता
कार्तिक १३, २०७८ शनिबार   ६ : २१   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताउनुभएको छ । उहाँले पार्टीको जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनुभएको हो ।

“जनतासँग यो सरकारप्रतिको आशा निकै जागेको देखिन्थ्यो, तर सरकार आफैँले गति लिन सकिरहेको छैन”, उहाँले भन्नुभयो । सरकारलाई काम गर्न कुनै बाधा नभए पनि आशालाग्दो नदेखिएको भन्दै उहाँले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा विभिन्न समस्या सिर्जित छन्, तिनीहरुलाई सम्बोधन गर्न सरकारले चासो देखाउनुप¥यो ।”

अध्यक्ष जबराले फरक प्रसङ्गमा चार बर्षअघि नेकपाले पनि नेपाली जनताले आशा गरेअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । “त्यतिबेला नेकपाले पनि जनताको हितमा काम गर्न सकेन, आफैँमा झगडा गरेरै बसे, जनताको अपेक्षा विकास हुन्छ भन्ने थियो, विकासमा ध्यान दिनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । वर्तमान सरकार नेपाल र नेपालीको मुहार फेर्न सक्ने आधार तयार गरेर देखाउनुपर्ने उहाँको धारणा थियो ।

अध्यक्ष जबराले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म हुने जनाउँदै ८१ प्रतिशत धर्मालम्बी भएको नेपाल हिन्दू राष्ट्रको नामले परिचित हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य उदय मुस्याजू, जिल्लाध्यक्ष टुल्कु लामालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group