ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाडै प्रधानमन्त्री बन्ने


एबीसी / संवाददाता

जापान । जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित हुुनुभएको छ । लिवरल डेमोक्रयाटिक पार्टी ९एलडीपी०को निर्वाचन समितिले बुधबार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेशमन्त्री समेत रहनु भएका किशिडाले २५७ मत ल्याएर जित हासिल गर्नु भएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत ल्याउनु भएको थियो ।

नव निर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने संभावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरुले जनाएका छन् । उहाँले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाउनु भएको हो । सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गर्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लाग्नु भएको छ ।

नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ बर्षको हुनुभएको छ । उहाँको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहदै आउनु भएको छ । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बन्नु भएका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि हुुनभएको थियो । जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुर बुवा समेत प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com