ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक किनारमै पार्किङ


एबीसी / संवाददाता

झापा । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा व्यवस्थित पार्किङस्थल नहुँदा सडक किनार नै पार्किङस्थल बनेको छ । जसकाकारण चार लेनको सडकको करिब आधा भाग सवारीसाधन पार्किङस्थलका रुपमा प्रयोग भइरहको छ ।

बजार क्षेत्रमा चार लेनको ठूलो सडक बने पनि सोको प्रत्याभूति हुनसकेको छैन । सडक किनारमा मोटरसाइकलदेखि मालबाहक ट्रकसमेत पार्किङ गरेर राखिँदा सडक खुम्चँदै गएको छ । सडक चारलेनको भए पनि आधा भाग अव्यवस्थित पार्किङले नै चर्चेको छ । जसले गर्दा बेलाबेलामा सडकमा ट्राफिक जाम हुने गरेको छ । “सडक किनारमा सवारीसाधन रोक्नुको विकल्प छैन”, कामको सिलसिलामा भद्रपुरबाट विर्तामोड आउनुभएका आदित्य पौडेल भन्नुहुन्छ, “पार्किङ क्षेत्र छैन, सडक किनारमा मोटरसाइकल नराखेर कहाँ राख्नु रु” विर्तामोडको भद्रपुर रोड मात्र होइन शनिश्चरे, काँकरभिट्टा, कृषिथोक रोडलगायतका साना–ठूला भित्री सडकसमेतको अवस्था भिन्न छैन । सडक क्षेत्रको आधा सडक नै ढाक्ने गरी सवारीसाधन पार्किङ गरिँदा सोही सडकमा हिँड्ने यात्रीले समेत सास्ती भोग्दै आएका छन् ।

विर्तामोडमा साना–ठूला दर्जनौंँ व्यापारिक प्रतिष्ठान खुलेका छन् । बजार क्षेत्रका सडक किनारमा सटरसहितका व्यापारिक प्रयोजनका ठूलाठूला घर बनेका छन् । तर, अधिकांश स्थानमा पार्किङको व्यवस्था छैन । भए पनि सानो र साँघुरो छ । विर्तामोडमा पार्किङ समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईं बताउनुहुन्छ । विर्तामोडमा पार्किङका लागि छुट्टै व्यवस्था नभएकाले दुर्घटनाको जोखिम बढेको उहाँले बताउनुभयो । “सडक किनारमा पार्किङ गर्नु सवारीधनीको बाध्यता हो”, उहाँले भन्नुभयो, “तर, पनि उहाँहरुलाई अव्यवस्थित पार्किङ गर्ने छुट छैन ।”ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङ गर्नेलाई सम्झाइबुझाइ पठाउने गरिरहेको छ । अटेरी गर्नेलाई रू पाँच सयदेखि रू एक हजार ५०० सम्म जरिवाना गर्नुका साथै ह्वील लक, नो पार्किङमा राखिएका मोटरसाइकलको हेलमेट लगेर कारवाही गरिएको झापा ट्राफिकले जनाएको छ ।

यता, पार्किङस्थलको अभाव र अव्यवस्थित पार्किङका कारण यहाँका व्यापारीसमेत मर्कामा परेका छन् । “दसैं आउन लाग्यो, भर्खर व्यापार सुरु भएको छ”, भद्रपुर रोडका व्यापारी डम्बर श्रेष्ठले भन्नुभयो, “पसल अगाडि गाडी राखेकाले पसल छेकिन्छ, व्यापार कसरी गर्नु रु” त्यस्तै, अर्का व्यापारी अनन्तलाल महतोले बिर्तामोडमा पार्किङ गर्ने ठाउँ नभएको बताउँदै भन्नुभयो, “जताततै भीडभाड छ, पार्किङको राम्रो सुविधा भए सबैलाई सहज हुने थियो ।” विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी नगरमा व्यवस्थित पार्किङका लागि आफू लागिपरेको बताउनुहुन्छ । विर्तामोडमा व्यवस्थित पार्किङका लागि सबैको सहयोग आवश्यक पर्ने भएकाले सहयोग गरिदिन उहाँले सबै सरोकारवालालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com