ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप


एबीसी / संवाददाता
आश्विन १३, २०७८ बुधबार  ३ : ५१ बजे

बैतडी । सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले पक्राउ गरी यही असोज ८ गते सार्वजनिक गरेको थियोे ।

उनीहरुमाथि मङ्गलबार जिल्ला अदालतबाट थप आठ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । हत्यामा संलग्न रहेको आशंकामा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर असोज ८ गते पहिलोपटक अदालतबाट पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धानको काम नसकिएकाले दोस्रोपटक अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

सुर्नया–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौँमै मृत फेला परेका थिए । मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो । घटनापश्चात अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख शाही नेतृत्वको टोलीले उनीहरुलाई घटना भएको २४ धण्टा नबित्दै पक्राउ गरेको थियो ।

असोज ६ गते मदिरा सेवन गरी फलामको रड प्रयोग गरी कमलसिंहको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । आरोपितमध्येका एकजनाले आफूले रड प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष बयानसमेत दिएको प्रहरीले जनाएको छ । घटनामा एकै जनाको संलग्नता हो कि अरुको पनि संलग्नता थियो भन्नेबारे प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको हो । पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com