ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा अधिवेशनको मिति तोकिएन


एबीसी / संवाददाता
आश्विन १३, २०७८ बुधबार  ३ : ३५ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेसन अन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली असोज ९ गते सार्वजनिक गरेको थियो । अब अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा बाँकेका आम कार्यकर्तामा रहेको छ ।

लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै अधिवेशन हुन बाँकी रहेको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुङिगएको बाँकेमा अधिवेशन अब छिट्टै हुने कार्यकर्ताले आँकलन गरेका छन् । मिति कहिले तोक्ने भनेर सम्बन्धित तहमा छलफल भइरहेको बाँके कांग्रेस सचिव तप्त पौडेलकको भनाइ छ । बाँकेमा हाल नौ हजार ६७८ क्रियाशील सदस्य रहेका छन् । जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । दोस्रो चरणमा आठ वटा पालिकामा र त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ । अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भए पनि पालिकादेखि भने समूहगत प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।

भेरोसेलको खोप लगाइँदै

बाँकेमा तीन दिनसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने भएको छ । जिल्लाका ८१ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट भेरोसेल खोपको पहिलो मात्रा दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई सो खोप लगाइने छ । यस्तै यसअघि उक्त खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले पनि खोप लगाउन पाउने शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com