ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको तुलसीपुर नगरसभापतिमा हमाल र घोराहीमा रावत निर्वाचित


एबीसी / संवाददाता
आश्विन १०, २०७८ आईतबार  ३ : ०७ बजे

तुलसीपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपसभापतिमा विनिल केसीले ३५९ र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने सहसचिवमा शेषमणि भण्डारीले ३५१ र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका प्रवीण लम्सालले जानकारी दिनुभयो ।तुलसीपुरमा कूल ५९३ मतदाता रहेकामा ५९१ मत खसेको थियो । त्यस्तै नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा २८६ मत ल्याएर तिलक रावत निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नीरज गिरीले १६२ मत प्राप्त गर्नुभएको छ । उपसभापतिमा प्रदीप सुवेदीले २३५ र दुर्लभ केसीले २९४ मत ल्याई निर्वाचित हुनुभएको छ ।

सचिवमा भीमकान्त चौधरी, पुष्पराज आचार्य र सहसचिवमा चेतन बस्नेत, राजकुमार बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको मतगणनाको नतिजा गएराति नै सार्वजनिक भएको हो । जिल्लाका दशपालिकामध्ये तीन पालिकामा शुक्रबार नै सर्वसम्मतिमा नयाँ नेतृत्व चयन भएको छ भने सात वटा पालिकामा मतदानबाट नयाँ नेतृत्व चयन भइसकेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com