ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत


एबीसी / संवाददाता
आश्विन १०, २०७८ आईतबार  ३ : ०६ बजे

बागलुङ । बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ । शनिबार सुरुभएको अधिवेशनमा आज बिहानसम्म निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जिल्ला कोषध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो ।

बरेङ र बडिगाड गाउँपालिका तथा बागलुङ, गलकोट र ढोरपाटन नगरपालिकामा आज बिहानदेखि निर्वाचनका कार्यक्रम सुरु भए पनि सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेको निर्वाचन समितिले जनाएको छ । शनिबार भएको अधिवेशनमा निसीखोला गाउँपालिकाको पार्टी सभापतिमा–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत प्रेमबहादुर रोकाका अनुसार उपाध्यक्षमा लीलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमान बुढा र धनबहादुर खत्री, सहसचिवमा मिलन कार्की र शेरबहादुर विक निर्वाचित हुनुभएको हो । मानखोलाको सभापतिमा लीलाकुमार छन्त्याल उपसभापतिमा खिमबहादुर छन्त्याल र गोर्खबहादुर घर्ती, सचिवमा तेजेन्द्रकुमार पुन र अनिस सिर्पाली तथा सहसचिवमा लीला छन्त्याल र प्रेमबहादुर पुनमगर चयन हुनुभएकोे निर्वाचन अधिकृत बसन्त घर्ती मगरले जानकारी दिनुभयो ।

यसैगरी ताराखोला गाउँपालिकाको पार्टी सभापतिमा कमलापति पाठक, उपसभापतिमा आशिकला घर्ती मगर र श्यामभक्त कँडेल, सचिवमा खेमराज गैरे र नवराज सुवेदी, सहसचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा निर्वाचित हुनुभएको छ । काठेखोला गाउँपालिकाको पार्टी सभापतिमा यामदत्त कँडेल, उपसभापतिमा गौरीशङ्कर शर्मा र खडकबहादुर कार्की, सचिवमा देवेन्द्र खड्का र चन्द्रकुमार पुन, सहसचिवमा महेन्द्र पुन र हरिकला थापालगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com