ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’


एबीसी / संवाददाता
आश्विन ७, २०७८ बिहीबार  ७ : ५६ बजे

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो । गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका थिए । तर, गठबन्धन आबद्धमध्येकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताउनुभएको हो ।

यस्तै गठबन्धन आबद्ध अर्को घटक जनता समाजवादी पार्टीले भने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडान लिएको हो ।‘बैठकमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षले सरकार विस्तार गर्न ढिला भएको भन्दै गठबन्धन आबद्ध दलसँग मन्त्रीको सूची माग्नुभयो तर माधवजी र उपेन्द्रजीहरूको विचार अलि फरक आयो, माधवजीको भनाइ अदालतको मुद्दा टुंगिएपछि गरौं भन्ने छ, उपेन्द्रजीलाई दल विभाजन अध्यादेशको डर छ,’ बैठकमा सहभागी गठबन्धन आबद्ध दलका एक नेताले भन्नुभयो । देउवा प्रधानमन्त्री बनेको बुधबार ७२ दिन पूरा भएको छ । बुधबार नै देउवाले परराष्ट्रमन्त्रीमा आफ्नै दलबाट नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउनुभएको थियो । खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि देउवालाई आफ्नै दलबाटसमेत मन्त्रिपरिषद् विस्तार गर्न दबाब बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com