काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको छ । आज न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।
यस्तै नेकपा एमालेले गरेको १४ सांसद कारबाहीको निर्णयलाई मान्यता नदिने सभामुखको निर्णयको सक्कल फाइल पनि माग गर्ने आदेश दिएको छ । एमाले अध्यक्ष ओलीले उक्त पार्टी खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले आयोगले दल दर्ता गर्दाका भदौ ९ गते भएको निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको हो ।







प्रतिक्रिया दिनुहोस्