ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० हप्तामा कोरोनाका तीनथरी खोपका पाँच डोज लगाएपछि…..


एबीसी / संवाददाता

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप धेरैले पाइरहेका छैनन् । खोपको उपलब्धता भएका देशमा पनि कोही खोप लगाउन अनिच्छुक समेत छन् । तर ब्राजिलका एक व्यक्तिले भने १० हप्ताको अन्तरालमा तीनथरी खोपका पाँच डोज लगाइसकेका छन् । ब्राजिलको शहर रियो दे जेनेइरोका अधिकारीले एक स्थानीय व्यक्तिले यति कम समयमा पाँच डोज भ्याक्सिन कसरी लगाउन सफल भए भनेर अनुसन्धान थालेका छन् ।

आधिकारिक रेकर्डका अनुसार नाम नखुलाइएका एक व्यक्तिले मे महिनादेखि कोभिड–१९ भ्याक्सिन लगाउन सुरु गरे । थप अर्को खोप लगाउन गएका बेला उनलाई खोप केन्द्रका एक कर्मचारीले चिनेपछि उनको ‘भ्याक्सिनेसन म्याराथन’ बारे पत्ता लागेको हो । ब्राजिलियन मिडियाले प्राप्त गरेको रेकर्डका अनुसार ती व्यक्तिले पहिलो पटक मे १२ मा फाइजरको खोप लगाएका थिए । जुन ५ मा एस्ट्राजेनेकाको दोस्रो डोज लगाएका उनले जुन १७ मा कोरोनाभ्याकको दोस्रो डोज लगाएका थिए । साथै, उनले फाइजरको दोस्रो डोज जुलाई ९ मा लगाएका थिए भने २१ जुलाईमा कोरोनाभ्याकको पहिलो डोज हानेका थिए । छैटौं डोज उनले के को हान्न लागेका थिए भनेर स्पष्ट जानकारी प्राप्त छैन । अडिटीसेन्ट्रल अनुसार सुरुमा ती व्यक्तिको भ्रमित पारिदिने कोभिड–१९ भ्याक्सिनेसन रेकर्ड अनलाइनमा हुने गल्ती हो कि ठानिएको थियो तर ग्लोबोका अनुसार रियोको महानगरीय स्वास्थ्य विभागले गरेको अनुसन्धानले यो रजिस्ट्रेशनसम्बन्धि समस्या नभएको स्पष्ट पारेको छ ।

ती व्यक्तिले दोस्रो डोज लगाउनु अघि पहिलो डोज लगाएका थिए थिएनन् भन्ने पनि जानकारीमा उल्लेख छैन । उनले खोप केन्द्रमा भएका व्यक्तिलाई जे भनिदिए, उनीहरुले त्यसैलाई आधार माने । ‘ती व्यक्तिले लगाएको खोपको विवरण सिस्टममा अपडेट गर्न नसक्दा यस्तो भएको हो वा यसमा अन्य पनि कारण छन् किभनेर अनुसन्धान भइरहेको छ,’ रियो महानगरीय स्वास्थ्य विभागले एक वक्तव्यमा भनेको छ । यो खबर यस्तो समयमा प्रकाशित भएको हो जब ब्राजिल खोपको चरम अभावसँग जुधिरहेको छ । यहाँका लाखौं मानिस खोपको पहिलो डोज नै कुरेर बसेका छन् । केही व्यक्तिले खोपको तेस्रो डोज लगाएको खबर ब्राजिलका मिडियाले यदाकदा प्रकाशित त गरेका थिए तर पाँच डोज भ्याक्सिन लगाएको यो घटना पहिलो हो । ६ डोज लगाएका व्यक्तिको स्वास्थ्य स्थिति कस्तो होला भनेर जान्न मन लागेको भए, उनी सामान्य स्थितिमा भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com