ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ– ऊर्जामन्त्री भुसाल


एबीसी / संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् ।”

संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक समृद्धि हासिल गर्ने नीति लिएको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले भन्नुभयो, “देशको अर्थसामाजिक विकासलाई न्यायका आधारमा वितरण गर्ने नीतिले हामीलाई समाजवादमा पु¥याउँछ ।” नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको भूमिकालाई राज्यले कहीँ पनि न्यूनीकरण नगर्ने स्पष्ट पार्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “आफ्नो पेशा र व्यवसायप्रति गर्व गर्नुहोस्, तपाईँहरूको सकारात्मक भूमिकाप्रति राज्यको सम्मान छ ।”

राज्यका सबै निकायप्रति जनताको गुनासो रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्व, उद्योगी, कर्मचारीप्रति जनता असन्तुष्ट छन् । यी सबै निकाय अन्तरसम्बन्धित छन् । आ–आफ्नो तहबाट जवाफ दिनुपर्छ ।” मन्त्री भुसालले आफू जनताप्रति जिम्मेवार भएर नै २० युनिटसम्म खपत गर्ने जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब गरिब जनतालाई निःशुल्क उपलब्ध हुन्छ, मैले गरेको निर्णयबाट साढे २८ हजार घरपरिवारले लाभान्वित हुन्छन् ।” जनतालाई दिएको छुट नेपाल विद्युत् प्राधिकरणको सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने व्यवस्था मिलाइएको मन्त्री भुसालले जानकारी दिनुभयो । उहाँले स्यालो ट्युबेल प्रयोग गर्ने किसानलाई निःशुल्क र डीप ट्युबेल प्रयोग गर्नेलाई ८० प्रतिशतसम्म विद्युत् छुट दिएको जानकारी दिँदै आफ्नो निर्णय उत्पादकत्वमा वृद्धि भई व्यापार घाटा न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भुसालले घरायसी प्रयोजनमा हुने विद्युत् खपतको महसल घटाएको बताउँदै आफ्नै देशको उत्पादन विद्युत् प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले बजार सम्भाव्यता अध्ययन र विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिँदै भन्नुभयो, “कर्पोरेट क्षमता विकास गरेर लगानी गर्नुहोस्, नक्कल गरेर होइन ।”

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी एवं निजी क्षेत्रलाई राज्यले समान व्यवहार गर्नुपर्ने बताउनुभयो । त्यसैगरी महासङ्घका पूर्वउपाध्यक्षद्वय कुशकुमार जोशी र चण्डीराज ढकालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने राज्यको नीतिलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।पोल उत्पादक सङ्घका अध्यक्ष किशोरकुमार श्रेष्ठले विद्युत् प्राधिकरणले उत्पादन गरेका पोल महङ्गोमा खरिद गर्ने तर निजी क्षेत्रले उत्पादन गरेका पोल प्राधिकरणले नकिन्दा आफूहरूले सञ्चालन गरेका उद्योग बन्द हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com