ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष नेपालद्वारा गण्डकी प्रदेश कार्यालय उद्घाटन


एबीसी / संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ । पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको आज पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । अध्यक्ष नेपालले तीनवटै कार्यालयको शुभारम्भ गर्नुभएको हो । उहाँले पार्टी र राष्ट्रिय झण्डाको झण्डोत्तोलनसमेत गर्नुभयो ।

मासिक रु ६० हजार तिर्ने गरी भाडाको घरमा प्रदेश, जिल्ला र महानगरको पार्टीले कार्यालय स्थापना गरेको पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिनुभयो । तीन तलाको घरमा दोस्रो तलामा जिल्ला र महानगरपालिकाको कार्यालय राखिएको छ भने माथिल्लो तलामा प्रदेश कार्यालय रहेको छ । कार्यालय उद्घाटनपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्ताले आफूलाई अन्य पार्टीको भन्दा भिन्न रहेको व्यवहारबाट देखाउनुपर्ने बताउनुभयो । कार्यालय स्थापनापछि पार्टीका गतिविधिलाई व्यवस्थितरूपमा अघि बढाउन सहयोग पुग्ने भनाइ अध्यक्ष नेपालको छ ।

नेकपा ९एकीकृत समाजवादी०ले केही दिनअघि तुलबहादुर गुरुङको अध्यक्षतामा प्रदेश कमिटी घोषणा गरेको थियो । पार्टीका जिल्ला अध्यक्ष आचार्यले जिल्लाका ७२ वडामध्ये अधिकांश वडामा पार्टी कमिटी गठन भइसकेको जानकारी दिँदै बाँकीमा छिट्टै गठन गरिने जानकारी दिनुभयो । जिल्ला कमिटी १८५ सदस्यीय र महानगर कमिटी १४१ सदस्यीय रहेको बताइन्छ । यसबीचमा विद्यार्थी, महिला, युवा सङ्घ, पिपुल्स भोलियन्टर्सलगायत जनवर्गीय सङ्गठनको जिल्ला कमिटी गठन भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com