ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन्– अध्यक्ष ओली


एबीसी / संवाददाता
भाद्र ३१, २०७८ बिहीबार  ७ : २६ बजे

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यपूर्तिप्रतिको जिम्मेवारीमा कुनै फरक नपर्ने बताउनुभएको छ ।

एमालेको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रकै केही स्वार्थी नेताका कारण आफ्नो नेतृत्वको सरकार ढलेको जनाउँदै आगामी निर्वाचनबाट ताजा जनादेश लिएर पुनःसरकारको नेतृत्व गर्ने बताउनुभयो । “आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन् । एमाले जस्ताको तस्तै छ । पार्टीबाट चोइटिएर गएका कार्यकर्तालाई म पुनःमूल पार्टीमा फर्कन आग्रह गर्दछु”, अध्यक्ष ओलीले भन्नुभयो, “माओवादी केन्द्रबाट एकतामा आएकामध्ये पनि ठूलो हिस्सा हामीसँग छ ।”

अध्यक्ष ओलीले एमाले कार्यकर्ताको जगमा उभिएको पार्टी भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा बजेट शून्यता सिर्जना गरेको आरोप लगाउनुभयो । एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी सरकारमा हुँदा भएका कामको समीक्षा गरेर जनताका बीचमा पुग्नुपर्ने बताउनुभयो । पार्टीका महासचिव ईश्वर पोखरेलले पार्टीको आगामी असोज १५ देखि १७ सम्म हुने विधान अधिवेशनले नीति र सङ्गठनको संरचनाबारे पुनरावलोकन गर्ने जनाउनुभयो । उहाँले १० बुँदे प्रस्तावलाई पार्टीभित्र रचनात्मकरुपमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

पार्टीका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज रामबहादुर थापा ‘बादल’ ले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएकाले यसको नेतृत्वमा समृद्धि हुँदै समाजवादको लक्ष्यमा पुग्नुको विकल्प नभएको बताउनुभयो । पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाको वडा नं ५ का जनप्रतिनिधि बबिता कुइँकेल र गुणकेशरी श्रेष्ठले नेकपा ९एकीकृत समाजवादी० मा सनाखत गरे पनि एमालेमा रहेको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com