ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिट्टै धन कमाएर आउने भन्दै भारत गएका सुरेश र जगतका सपना पहिरोमै बिलिन भए


एबीसी / संवाददाता
भाद्र १६, २०७८ बुधबार  ५ : ३० बजे

 

काठमान्डौ १६ भादौ ।घरमा गर्भवती श्रीमती र बा–आमालाई छिट्टै धन कमाएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अस्ताएका छन् ।

हिमान्चल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको दुस्खद खबर गाउँमा आएको छ ।

सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र जगत वलीले बस चढ्नु अघि आफूहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई जानकारी गराएका थिए ।२७ गते दिउँसो १२ बजे पहिरोले बगाएर बस ६ सय मिटर तल पुगेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।

सुरेश मृत अवस्थामा फेला पारेर आफन्तले अन्तिम संस्कार गरे । उनिसंगै रहेका जगत भने वेपत्ता भएको पिडितका आफन्त नाता पर्ने तथा एमाले नेतृ पवित्रा केसीले जानकारी दिनुभयो ।

करिब साढे चार महिनाको अवधिमा हिमाचल प्रदेशमा स्याउ टिपेर साथी र आफ्नो समेत गरेर एक जनाले ८०–९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका श्रीमानको मृत्युको खबरले श्रीमती बेहोस अवस्थामा रहेको नेतृ केसीले बताउनुभयो ।

सुरेश र जगत विवाह गरेको ऋण तिर्न र घर खर्च चलाउनका लागि गएको चैत्र ३ गते हिमाचल प्रदेशमा स्याउ टिप्न गएका थिए ।जगत वली, नोख बहादुर वलीको माइला छोरा र सुरेश केसी, भुपाल खत्रीका कान्छा छोरा हुनुहुन्छ ।सुरेशको श्रीमतिको भदौ ६ र जगतको श्रीमतीको भदौ महिनामा बच्चा जन्मिने मिति रहेको केसीले बताउनुभयो । कस्तो अन्याय दुबैका बच्चा जन्मिने अवस्थामा थिए । सुत्केरी खर्च जुटाउन गएका थिए ।

तर यो धर्तीमा आउँने ती सन्तानको मुख उनीहरुले हेर्न पाएनन् । न त ती शिशुहरुले आफ्नो बाबु नै देख्न पाउनेछन् ।सोही घटनामा परेर अहिले सम्म १७ जनाको मृत्यु भएको छ । पहिरोले बस, ट्रक, जिप र कार सहित १० वटा पुरेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com