ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङ थाकखोलाको नूनखानी बाढीपहिरोको चपेटामा


एबीसी / संवाददाता

मुस्ताङ १६ भदौ   :
बाढीपहिराका कारण थाकखोलाको नून खानी सङ्कटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढीपहिराको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नूनखानी सङ्कटमा परेको हो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमामा रहेको नूनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन् । नर्सिङ खोलामा आउने बाढी र वर्षापछि आउने पहिराका कारण नूनखानीको संरक्षणका लागि बनाइएका संरचनामा क्षति पुग्ने गरेको गाउँपालिका अध्यक्ष पेन्चोक छेप्तेन गुरुङले बताउनुभयो । गत वर्ष बनाइएका दुईवटा पोखरी बाढीले बगाएको छ ।

नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्कालाई थकाली समुदायले नून बनाउने गरेका थिए । गतवर्ष रु १५ लाख खर्चेर बनेका दुई वटा पोखरीमा यस वर्षको बाढीपहिराले क्षति पु¥याएको गुरुङले बताउनुभयो ।

“हामीले कल्भर्ट, पोखरी निर्माण गरेका थियौं, तर बाढीपहिरोले सधैँ क्षति पु¥याउछ”, गुरुङ भन्नुहुन्छ, “नुन खानीको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ ।” गाउँपालिकाले खानीको संरक्षण र प्रयोग गरेर पर्यटन र उत्पादन दुवैको योजना बनाएको थियो । नूनिलो पानी आउने पहाडमा वर्षाको समयमा पहिरो आउने गरेको छ ।

छेवैमा रहेको नर्सिङ खोलाको बाढीले खानी छेउका संरचनामा क्षति पु¥याउने गरेको छ । “यहाँ खानी हेर्न चाहनेलाई पठाउन मात्रै सकेपनि धेरै फाइदा थियो”, अध्यक्ष गुरुङ भन्नुहुन्छ, “अफ्ठ्यारो बाटोका कारणले पनि सोचेको जस्तो पर्यटक पठाउन सकिएको छैन् ।”

यहाँको नुन बहुगुणी हुने मान्यता रहेकाले यसको उत्पादनमा गाउँपालिकाले लगानी बढाएको थियो । औषधीय गुण भएको नुन खोज्ने धेरै भए पनि खानीमै रहेको प्राकृतिक समस्याका कारण उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो । पहाडमा रसाएको पानीमा खोलाको पानी मिसाएपछि मात्रै नुन जम्ने बताउनुहुन्छ्, लामो समय नूनको उत्पादनमा काम गरेका छुसाङका वयोवृद्ध पेमा तोर्चे । त्यही पानी जमाउनका लागि बनाइएका संरचना भत्किएपछि नुन उत्पादन नहुने उहाँले बताउनुभयो ।
––––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com