ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तत विभाजनको सँघारमा पुग्यो विवेकशील साझा


एबीसी / संवाददाता
भाद्र १५, २०७८ मंगलबार  २ : ४७ बजे

काठमाडौँ १५,भदौ:
विवेकशील साझा पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीमा मतभेद चर्किएपछि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् । गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो ।

सो पार्टी भएको दोस्रो विभाजन हुन लागेको हो । यसअघि सो पार्टी २०७५ पुस २७ मा विभाजित भएको थियो । पहिलो पटक २०७४ साउन ३ पहिलो पटक एकीकरण भएको थियो ।

अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबारका लागि केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक बोलाएका हुन् । मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल पठाउँदै संयोजक पाण्डेले अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको कारण एजेण्डामा सहमति जुट्न नसकेको कारणले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक बोलाएको बताएका छन् । मिश्रले केही दिनअघि धर्म निरपेक्षता र संघीयताको विषयमा फरक धारणासहितको दस्ताबेज सार्वजनिक गरेका थिए ।

पाण्डेले पार्टीको विधानमा अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने र एजेण्डा तय गरिने गरिएको बताएका छन् ।

ुयस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले वहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ ९३० ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छुु पाण्डेले केन्द्रीय सदस्यहरुलाई पठाएको इमेलमा भनिएको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बिहीबार अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएको बताए । ुदुवैबीच एजेण्डासहितको विषयमा सहमति जुटाउन पटक पटक छलफल भएको हो सहमति जुट्न सकेनु पाठकले भने, ुअध्यक्षले वैचारिक र संगठनात्मक रुपमा देखिएको गतिरोधको गाँठो फुकाउने भन्दै बिहीबार बैठक बोलाउनु भएको छ ।ु प्रवक्ता पाठकले पार्टीको पहिलो नम्बरमा रहेका नेताले बैठक बोलाउने चलन भएको बताए ।

यसअघि मिश्रले संघीयता र धर्म निरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्ने माग गरेका थिए । त्यसको पाण्डेसहित चार केन्द्रीय सदस्यहरुले मिश्रको विचारको खण्डन गर्दै फरक दस्ताबेज ल्याएका थिए । त्यसयता सो दलमा विवाद चर्किंदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com