ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चार बर्षदेखि पानी परेन, मानिसहरू कीराफट्याङ्गग्रा खान बाध्य’


एबीसी / संवाददाता

काठमाडौँ, १० भदौ
म्याडग्यास्कर ‘जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी’ को सँघारमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै ‘डरलाग्दो’ भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्।

यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन्।

‘यो भोकमरीजस्तो अवस्था हो अनि यो द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको हो’ राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भनिन्।
अहिले ३० हजार मानिसले पाँचौँ तह अर्थात सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसंघको आकलन छ। खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको संख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ।

‘यो अभूतपूर्व हो। यी मानिसहरूले जलवायु परिवर्तन गराउन त्यस्तो केही गरेका छैनन्। उनीहरू जीवाश्म इन्धन बाल्दैनन्‘ तर पनि उनीहरूले जलवायु परिवर्तनको आघात खप्नुपरेको छ,’ठकरालले भनिन्।

भर्खरै एम्बोआसरी जिल्लाको दुर्गम फ्यान्डिओभा गाउँमा गएको डब्ल्यूएफपीको टोलीलाई मानिसहरूले आफूले टिपेर खाने गरेका कीराफट्याङ्ग्राहरू देखाएका थिए।
‘म यी कीरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन,’ चार सन्तान भएकी एक महिला टामारियाले भनिन्।

‘मेरा बच्चा र मैले आठ महिनादेखि प्रत्येक दिन यही खाइरहेका छौँ किनभने खानका लागि अरू केही छैन अनि पानी नपरेकाले हामी रोपेको कुरा फलाउन सक्दैनौँ, उनले भनिन्।

‘आज हामीसँग सिउँडीको पातबाहेक अरू खानेकुरा केही छैन, सुक्खा माटोमाथि बसेकी अर्की महिला बोलले भनिन्। उनका तीन सन्तान छन्।

उनका अनुसार भोककै कारण उनका पति केही समयअघि बिते। छिमेकीको पनि भोककै कारण मृत्यु भएकाले तिनका दुई बालबच्चालाई खुवाउने जिम्मा पनि आफूलाई आइपरेको उनले बताइन्।

‘म के भन्न सक्छु ररु खान र बाँच्नका लागि हाम्रो जीवन बारम्बार सिउँडीको पात खोज्दै बित्छ।’

पानी व्यवस्थापनमा सुधार आवश्यक

म्याडग्यास्करमा बेलाबेलामा सुक्खा परिरहन्छ तथा ‘एल नीन्यो’ का कारण उत्पन्न मौसमी अवस्थाका कारण प्रायः विभिन्न खालको प्रभाव परिरहन्छ। यद्यपि विज्ञहरू अहिलेको संकट जलवायु परिवर्तनसँग सोझै सम्बन्धित भएको हुनसक्ने ठान्छन्।

‘आईपीसीसीको नवीनतम प्रतिवेदन आएसँगै हामीले म्याडग्यास्करमा सुक्खा बढेको देखेका छौँ। अनि जलवायु परिवर्तन भइरहने हो भने यो बढ्ने अपेक्षा छ।’

‘यसलाई धेरै रूपमा मानिसहरूले आफ्नो शैली फेर्नुपर्ने एउटा बलियो तर्कका रूपमा हेर्न सकिन्छ, दक्षिण अफ्रिकाको यूनिभर्सिटी अफ केप टाउनमा कार्यरत म्याडग्यास्करका वैज्ञानिक डा। रोन्ड्रो बारिमलालाले भने।

क्यालिफोर्नियास्थित सान्टा बार्बरा यूनिभर्सिटीमा वायुमण्डलसम्बन्धी सोही तथ्यांक हेर्दै क्लाइमट हज्याड्र्स सेन्टरका निर्देशक क्रिश फङ्कले म्याडग्यास्करको संकटको ‘वायुमण्डल तात्नुसँग’ सम्बन्ध भएको पुष्टि गरे।

उनले म्याडग्यास्करका अधिकारीहरूले जल व्यवस्थापनमा सुधार गर्नुपर्ने औँल्याए।

‘छोटो समयमै धेरै कुरा गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। हामी प्रायः सामान्यभन्दा बढी वर्षा हुने भविष्यवाणी गर्न सक्छौँ अनि त्यो सूचना प्रयोग गरेर किसानहरूले आफ्नो उत्पादन बढाउन सक्छन्। जलवायु परिवर्तन भए पनि हामी शक्तिहीन छैनौँ।’

अहिले सुक्खाको प्रभाव दक्षिण म्याडग्यास्करका ठूला सहरहरूमा पनि देखा पर्न थालेको छ। त्यहाँ धेरै बालबालिकाहरू सडकमा खानेकुरा माग्दै हिँडेको देखिन्छ।

टोल्यानारोमा सीड नामक एउटा सामाजिक संस्थामा कार्यरत शीना एन्डोर भन्छिन्, ‘बजारमा मूल्य बढिरहेको छ, तीन–चारगुनाले। मानिसहरू खानेकुरा किन्न आफ्नो जग्गाजमिन बेचिरहेका छन्।’

उनका एक सहकर्मी लोम्बा हासोएभानाका अनुसार उनी तथा अरूहरू भोकबाट व्याकुल मानिसले आफूले खेती गरेको कसावा नचोरून भनेर खेतमै सुत्न थालेका छन्। तर त्यसो गर्नु खतरनाक भएको उनले बताए।

‘तपाँईको ज्यान पनि जान सक्छ। मलाई गाह्रो हुँदै गएको छ किनभने दिनदिनै मैले आफू र परिवारलाई के ख्वाउने भनेर सोच्नुपर्छ, उनले भने।

‘अहिले मौसमबारे केही कुरा भन्न सकिँदैन। यो एकदमै ठूलो प्रश्न हो –भोलि के हुन्छ’
बिबिसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com