ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली


एबीसी / संवाददाता
भाद्र ९, २०७८ बुधबार   ५ : १३   बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्र्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाउनुभएको छ ।मङ्गलबार सम्पन्न स्थायी कमिटीको बैठकका निर्णय र समसामयिक राजनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्गठनात्मक क्षेत्रमा अबको ध्यान असोज पहिलो हप्ताको विधान महाधिवेशन र मङ्सिर दोस्रो साता आयोजना हुने राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहने बताउनुभएको हो ।

एमालेबाट अलग भएका माधवकुमार नेपालसहितका नेताहरु नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखतमा जुटिरहेका बेला अध्यक्ष ओलीद्वारा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा एकताका लागि स्थायी कमिटीको बैठकबाट पारित प्रस्ताव प्रस्तुत गरिएको थियो । उहाँले लामो समयदेखि जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन यसबीचमा अनेकौँ प्रयास भएको तथा एकतालाई कायम राख्न र थप सुदृढ बनाउन तथा पार्टीलाई विभाजित हुन नदिन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्य एवं अन्य सबै नेतालाई धन्यवाद दिँदै उहाँले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सङ्गठनात्मक रुपमा चुस्त, भावनात्मक रुपमा एकताबद्ध तथा साझा लक्ष्यप्रति सङ्कल्पबद्ध बनाइने बताउनुभयो ।

अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “एकताको पक्षमा दृढतापूर्वक उभिनुभएको छ । उहाँहरुको यस निर्णयलाई हार्दिक स्वागत गर्दै दशबुँदेमा समेत एकताको पक्षमा उभिनुभएका नेताहरुलाई म स्वागत गर्दछु । बलियो, एकताबद्ध तथा सुदृढ एमाले पार्टी पङ्क्तिको मात्र होइन, राजनीतिक स्थायित्व, लोकतन्त्र र अग्रगमनका पक्षधर आम जनताको समेत चाहना हो । लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका पार्टीहरु विभाजित हुँदा कसरी यसको मूल्य सिङ्गो प्रणाली र राष्ट्रले नै चुकाउनुपर्छ भन्ने निकट अतीतका अनुभवहरु हामी सबैका स्मरणमा ताजै छन् ।” उहाँले आजको एमाले नेकपाकै निरन्तरताका रुपमा रहेको, यसले नेकपाको विरासत आत्मसात् गरेको र पार्टी निर्माण, विस्तार र एकीकरण पार्टीको विशेषता र संस्कृति रहेको कुरालाई आत्मसात् गर्दै रचनात्मक दृष्टिकोण अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले यसलाई विभाजन गरेर बृहत् कम्युनिष्ट एकता गर्ने कुरा गरिनु सुहाउँदो नहुने टिप्पणी अध्यक्ष ओलीको थियो ।

एमालेबाट अलग्गिएर छुट्टै दल दर्ताको प्रक्रियामा रहेका नेता÷कार्यकर्तालाई असफलता अवश्यम्भावी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले हानिकारक बाटो छाडेर पार्टीको मूलघरमा फर्किन स्थायी कमिटीले औपचारिक आह्वान गरेकाले पार्टीम फर्किएमा विगतका कुनै क्रियाकलाप या गतिविधिलाई लिएर कुनै पूर्वाग्रह नराखिने या कुनै विभेद या कारबाही नहुने दोहो¥याउनुभएको छ ।उहाँले संसद्को अधिवेशन चलिरहेको र सभामुखले आगामी बैठकका कार्यभारबारे सदनलाई जानकारी गराइसकेको पृष्ठभूमिमा अकस्मात अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश जारी भएकोभन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले अनुशासनहीनता र पार्टी विभाजनका गतिविधिमा सङ्लग्न भएको स्पष्ट आधारसहित पार्टीले गरेको कारबाहीको सूचना कानुनबमोजिम संसद् सचिवालयलाई जानकारी गराइएकामा सभामुखबाट नौ दिनसम्म पनि सूचना जारी नभएकोप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफूले अनुकूल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
सो पार्टीका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिमै कार्यदलले १० बुँदे प्रस्ताव तयार गरेकाले पार्टीलाई विभाजन गर्नुपर्ने कुनै आवश्यकता नभएको स्पष्ट पार्नुभएको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामबहदुर थापालगायत नेता सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group