ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रही – पूर्व अर्थमन्त्री पौडेल (श्वेतपत्रमाथिको टिप्पणीसहित)


एबीसी / संवाददाता
श्रावण २८, २०७८ बिहीबार  ५ : ०० बजे

काठमाडौं, २८ साउन ।  पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको श्वेतपत्रले अघिल्लो सरकारको तथ्यहीन आलोचना गरेको र पूर्वाग्रह राखेको टिप्पणी गरेका छन् । अर्थमन्त्री जनादर्न शर्माले मंगलबार प्रतिनिधिसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीु प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्वअर्थमन्त्री पौडेलले भने, अघिल्लो सरकारका कामहरूका बारेमा तथ्यहीन आलोचना र विरोध गरिएको छ । पूर्वाग्रही छ ।मुलुकको वर्तमान आर्थिक अवस्थाबारे यथार्थ जानकारी दिनेभन्दा पनि त्यसबाट विषयान्तर भएर पूर्ववर्ती सरकारको आलोचनामा मात्रै सीमित भएको पौडेलको भनाइ थियो । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको स्वेतपत्रमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, तथ्यांक विभाग, महालेखाका तथ्यांकले खण्डन गर्ने गरी तथ्य नभएको पौडेलले बताए ।राजनीतिक दलहरूबिच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्थ कस्तो छ भन्ने कुरा तथ्यमा रहने कुरा स्मरण पौडेलले गराए ।

तथ्यको तोडमोड गरेर अर्थमन्त्री शर्माले स्वेतपत्र जारी गरेको पौडेलको भनाइ थियो । मुलुकको अर्थतन्त्रसँग सम्बन्धित तथ्यांकको आफ्नो सुविधाअनुसार प्रयोग गरिएको पनि उनले बताए । अघिल्लो सरकारले कोभिडको बेलामा पनि अर्थतन्त्रलाई सही दिशामा लगेको भन्दै कोभिडकालमा नेपालमा मात्रै नभएर विश्वमै अर्थतन्त्र प्रभावित भएको उनको भनाइ थियो ।अघिल्लो सरकारले आर्थिक क्षेत्रमा प्राप्त गरेका सफलतालाई वर्तमान सरकारले बेवास्ता गरेको पनि पौडेलले बताए ।आफूले अध्यादेशमार्फत लोकप्रिय बजेट ल्याएको र त्यसलाई निजी क्षेत्रले पनि समर्थन र स्वागत गरेको भन्दै नयाँ बजेट ल्याउने भए त्योभन्दा राम्रो ल्याउन पौडेलले सुझाव दिए । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न, कोरोना संक्रमितको उपचार गर्न र सबैले मन पराउने बजेट ल्याउनका लागि उनले सुझाव दिए । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउने बजेट ल्याउनुस् जसले हामीलाई पनि स्वागत गर्न मिलोस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com