ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाषणमा सीमित ‘सिमकोटमा सडक’


एबीसी / संवाददाता

काठमाडौँ, २८ साउन  ।  केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पु¥याउनुभयो । पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उहाँले बताउनुभयो ।

गाउँमा रहेका स्वास्थ्यचौकीमा सामान्य किसिमका समस्याको उपचार भए पनि जटिल समस्या हुँदा सिमकोट र त्यहाँबाट पनि ठिक नहुँदा अन्यत्र लैजानुपर्छ । सिमकोटका मात्रै होइन लाली, पिउस, राया, थालीलगायतका स्थानका नागरिकको दैनिकी सडक नपुग्दा कष्टकर भएको छ । उनीहरुले झण्डै सात घण्टासम्म पैदलमा हिँडेर सिमकोटमा पुग्नुपर्ने बाध्यता रहेको छ । सडक यातायात नहुँदा धेरै किसिमको समस्या भोग्नुपरेको यहाँका स्थानीयवासी सुनाउछन् । सबैभन्दा बढी उपचार र खाद्यन्न आपूर्तिमा समस्या रहेको स्थानीयवासी बताउँछन् । गाउँघरका स्वास्थ्यचौकीमा भने जस्तो उपकरण र स्वास्थ्यकर्मी नभेटिने भण्डारीले बताउनुभयो । एकातिर जिल्ला अस्पताल पुग्नै कठीन छ भने अर्कातिर जिल्लाबाट बाहिर जानुपर्दा अझै गारो रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सक्नेले त जिल्लामा उपचार नहुँदा महङ्गो हवाई भाडा तिरेर जिल्ला बाहिर लान्छन् नसक्नेले उपचार नपाउने अवस्था छ ।”

सदरमुकाम भन्दा टाढा रहेका र त्यस आसपासका गाउँका नागरिकले परिवारका सदस्य वा आफन्त बिरामी हुँदा पिठ्यूँमा बोकेर लैजानुपर्ने बाध्यता छ । गाडी नहुँदा बिरामीको उपचार मात्रै नभएर जिल्लामा दैनिक उपभोग्य वस्तु तेल, चामल, चिनीलगायतको मूल्यसमेत महङ्गो तिरेर खानुपरेको छ । खाने तेलको मूल्य आधा लिटरको दुई सय रुपैयाँसम्म छ ।

सडक यातायातसँग जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटमा नागरिकले गाउँमा जटिल बिरामीलाई स्टेचर तथा पिठ्यूँमा बोकेर उपचारका लागि सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । सरकारले वर्षेनि सिमकोटसम्म सडक पु¥याउने लक्ष्य राख्दै आएको धेरै वर्ष भयो तर त्यो अहिलेसम्म पूरा भएको छैन । वर्षेनी रेडियोबाट यही कुरा सुन्दै आएका जुम्ली भन्छन्, “अब त कुरा पत्यार लाग्न नि छाड्यो ।”

हुम्लाको दक्षिणी क्षेत्रमा रहेका अदानचुली, चङ्खेली, ताँजाकोट र सर्केगाड गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सडक सञ्जालले सिमकोटलाई नछुदा आसपासका गाउँपालिकालाई खाद्यन्न ढुवानीदेखि जटिल खालका बिरामीलाई जिल्ला अस्पतालसम्म पुग्नै गाह्रो भएको छ । जिल्लामा सडकले नछुँदा छिमेकी जिल्ला मुगु, बाजुराबाट चामल, तेल, साबुन र लत्ताकपडा घोडा खच्चडबाट ढुवानी हुने गरेको छ । सिमकोटमा व्यवसाय गरिरहेका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुदेखि अन्य सामाग्री पैदल मार्ग घोडा, खच्चरबाट ढुवानी गरेर ल्याउने गरेका छन् ।

नेपालगञ्ज, सुर्खेतबाट हवाई मार्गबाट ढुवानी गरेर ल्याएको सामान महँगोमा खरिद गर्नुपर्ने भएकाले आफैँ छिमेकी जिल्ला बाजुराको कोल्टी, मुगुको गमगडीलगायतका क्षेत्रमा पुगेर खाद्ययन्नदेखि अन्य सामग्री खरिद गरेर ल्याउने गरेको सिमकोट–२ का शङ्कर रावलले बताउनुभयो । सडक नपुगेकै कारण आफू जानआउन गरी झण्डै एक साता हिँडेर सामान ल्याउनुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बजेट भाषणमा सडक पु¥याउने भनेपनि खोइ हामी दुर्गमका नागरिकले कहिले सिमकोटसम्म गाडीमा सामान ल्याउन पाउने हो ?”

कुनै पनि सामान जुनसुकै माध्यमबाट भए पनि सिमकोट ल्याउँदासम्म महँगो हुने भएकाले सस्तो मोलमा बेच्न नसकिने रावलले बताउनुभयो । एक पोका चाउचाउको मूल्य झण्डै रु ५० पर्ने गरेको छ । चामल खच्चडले पैदल मार्गबाट ढुवानी गरेर ल्याउँदा रु तीन हजारदेखि पाँच हजार सम्मपर्छ । उहाँले भन्नुभयो, “हुम्लीको दुःख कहिले हट्ला, पिठ्यूँको भारी बोक्न छुटकरा कहिले हटेर हामीले पनि गाडी चड्न पाउँला ।”

सिमकोटसँगै जोडिएको खार्पुनाथ गाउँपालिका–३ का सालिबाने टमटा अझै पनि आफूहरुले दैनिक ५/६ घण्टासम्म पैदल बिरामी बोकेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । गाउँमा रहेका स्वास्थ्य संस्थामा सदरमुकामको जिल्ला अस्पताल जस्तो सबै सुविधा नहुँदा कि महङ्गो हवाई भाडा तिरेर हेलिकोप्टरमा जिल्ला बाहिर जानुपर्छ कि दिनभर पिठ्यूँमा बोकेर सिमकोट पुग्नुपर्ने हुन्छ ।

“गाडी पुगेको भए सजिलो सेवा पाउथ्यौँ होला तर त्यसो नहुँदा हामी हुम्लाका भारी बोकेर दैनिकी चलाउन परेको छ”, टमाटाले गुनासो पोख्नुभयो, “गाउँमै गाडी चलेर हाम्रा सुखका दिन कहिले आउने हो कुन्नी रु” खार्पुनाथ गाउँपालिकामा रहेको छारेभीरसहित गरेर सलिसल्लादेखि सदरमुकाम सिमकोटमा ट्र्याक खोल्न अब १० किलोमिटर मात्रै बाँकी रहेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विसुनदास लामाले बताउनुभयो ।

बाँकी रहेको खण्डमा अहिले निर्माणको काम अघि बढिरहेको उहाँले बताउनुभयो । चट्टानी भीर भएकाले ट्र्याक खोल्ने काम सजिलो नभए पनि थोरै लम्बाई मात्रै बाँकी रहेको योजनाले जनाएको छ । सदरमुकाम सिमकोटलाई छुन अब १० किलोमिटर रहेकाले फागुन÷चैतसम्म सिमकोटसम्म ट्र्याक खोलेर गाडी पु¥याउने लक्ष्यसहित काम भइरहेको उहाँले बताउनुभयो ।

सलिसल्लाबाट अगाडिको १० किमीमध्ये दुई किमी चट्टानी क्षेत्र रहेकाले सडक योजनाले मात्रै ट्र्याक खोल्नसक्ने अवस्था नभएको उत्तर–दक्षिण करिडोर निर्देशनालयले जनाएको छ । सो क्षेत्रमा अहिले पनि ठेक्का सम्झौता भएर निर्माणको काम भइरहेको छ । निर्माण व्यवसायीले खोल्न सकिने अवस्था नभएकाले बाँकी ट्र्याक खोल्न नेपाली सेना नै चाहिने निर्देशनालयका प्रमुख डा विजय जैसीले बताउनुभयो । सडक विभागले ठेक्कामार्फत गरेको सडकमा पनि विस्फोटन सेनाले नै गर्नुपर्छ । उहाँले भन्नुभयो, “बढी चट्टानको क्षेत्रमा सेनालाई नै जिम्मेवारी दिँदा सिमकोट चाँडो सडक पु¥याउन सकिन्छ ।”

सिमकोटसम्म बाँकी १० किमी ट्र्याक खोल्न सात किमी सेनाले र तीन किमी विभागले नै गर्ने गरी छलफल भइरहेको छ । अहिले १० किमी ठेक्का चालू भएकाले निर्माण व्यवसायीलाई त्यही सडकका अरु काममा लगाउन सकिने प्रमुख डा जैसीले बताउनुभयो । अहिले निर्माण गरिरहेको व्यवसायीमार्फत खुलाउदा लामो समय लाग्ने देखिएकाले सात किमी सेनालाई दिन लागिएको हो ।

सो खण्डमा ट्र्याक खुलाउन सेना पनि सकारात्मक रहेको छ । उहाँका अनुसार निर्माण व्यवसायीलाई विस्तारको काममा लगाउन सकिन्छ । अहिले बाँकी १० किमीमध्ये आठ किमीमा समस्या नभएको र दुई किमीमा ट्र्याक खुलिहालेमा सिमकोट सडक सञ्जालमा जोडिनेछ । उहाँले भन्नुभयो,“जुनजुन निकायले खुलाए पनि चाँडो सिमकोटसम्म सडक पुग्नुपर्छ भनेर नै लागिएको छ ।”

कर्णाली करिडोरमा कतैकतै ट्र्याक खोल्ने काम भइरहँदा यसअघि खुलेका सडकमा भने सवारीसाधन चल्न थालेर स्थानीयवासीको जनजीवन सजिलो बन्दै गएको छ । सडक विभागले केही वर्ष पहिले नयाँ निर्माण हुने सबै सडक कम्तीमा पनि दुई लेनको बनाइने निर्णय गरेको थियो । सोही आधारमा पहिले ट्र्याक खुलिसकेका सडक अहिले विस्तार र स्तरोन्नति भइरहेको छ ।

यसअघि सेनाले बुझाएको सडक अब ग्राभेलस्तरमा स्तरोन्नति हुने प्रमुख डा जैसीले बताउनुभयो । आयोजनाले सो सडकमा विस्तृत अध्ययन प्रतिबेदन ९डिपिआर० गरेर कालोपत्र गर्ने योजना बनाएको छ । उहाँले भन्नुभयो, “ट्र्याक खुलेका ठाउँमा पहिले दुई लेन बनाएर कालोपत्र हुनेछ ।”सडक नै नपुगेको ठाउँमा खुलेका ठाउँमा पहिले दुई लेन बनाएर कालोपत्र हुनेछ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com