ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलमा


एबीसी / संवाददाता
श्रावण २२, २०७८ शुक्रबार  ३ : ५२ बजे

काठमाडौं ।  प्रदेश नं १, प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो प्रस्ताव सभामा पेश गर्नुभएको थियो । विधेयक माथिको सैद्धान्तिक छलफलमा सदस्य चुमनारायण तवदार, जयराम यादव, ज्योति सुब्बा, झलकबहादुर मगर, बुद्धिकुमार राजभण्डारी, मोहम्मद ताहिर मियाँ र शेखरचन्द्र थापाले चार परिच्छेद र १८ बुँदेको यो विधेयक अत्यन्त राम्रो भए पनि कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँहरुले कृषकले पाएको अनुदानबाट उत्पादित वस्तुको बजारीकरणको विषयमा विधेयकले केही पनि नबोलेकोमा यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले अनुदान र बजारीकरणसँगै लैजान सकियो भने सिकान लाभान्वित हुने तथा वैदेशिक रोजगारी घटाउन र युवालाई कृषिमा समाहित गर्न विधेयकलाई अझ परिमार्जन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

समय माग

नेकपा एमाले संसदीय दलका तर्फबाट समय माग गर्दै प्रदेशसभा सदस्य विमल कार्कीले भूमि सम्बन्धमा बनेको आयोग सरकारले खारेज गर्नु न्यायोचित नभएको बताउनुभयो । उहाँले संविधानमा आवासको अधिकार सुनिश्चित गरेको अवस्थामा सुकुम्वासी र जग्गाविहीन परिवारलाई जग्गा वितरण गर्न बनेको आयोगको खारेजीले देशभर ११ लाखभन्दा बढी जनताको लागि तयार भएको लगत पनि अन्यौलमा पर्ने उल्लेख गर्नुभयो ।

शून्य समय

प्रदेशसभा सदस्य अम्बिका थापाले भूमि समस्या समाधान आयोग खारेज हुनु दुःखद् हो भन्नुभयो । सदस्य वसन्तीदेवी यादवले सरकारले सुकुम्वासीलाई धनीपुर्जा वितरण गर्न बनाएको आयोग खारेज हुनु जनताका अधिकार खोसिएको चर्चा गर्नुभयो । सदस्य लीला सुब्बाले प्रदेश सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसक्नु दुःखद् हो भन्नुभयो । सदस्य सूयर्माराज राईले मोरङको ग्रामीण क्षेत्र तथा कृषि सडकको रुपमा रहेको भाउन्ने आमतोला सडक बनाउन सरकारले चाँडो पहल गर्नुपर्ने माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही साउन २४ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

पृथ्वीनारायणको विरोधीलाई ‘टाउको काट्ने’ भनेका राप्रपा उम्मेदवार स्वागत नेपालले माफी मागे

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी : ‘नेपालगञ्जमा ५ जना समर्थक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com