सप्तरी २६ असार । पूर्वी तराइको सप्तरी सुगम जिल्ला मानिन्छ । तर, सप्तरीवासीले कुनै वर्षा याम आनन्दले बिताउन पाएका छैनन् । हरेक सालको वर्षायाममा सप्तरीवासीले बाढीको सामना गर्नु पर्छ । वर्षायाममा बाढीले नडुबाएका कुनै पनि घर भेटिदैन । त्यो नियति यो वर्ष पनि पुरानै पारामा दोहोरिएको छ । वर्षा सुरु भएपछि सप्तरीका सयौ घर डुबानमा परेका छन् । हिउँद याममा शान्त बग्ने साना खोलाहरु वर्षाको बाढीसंगै विनाशकारी बन्ने गर्छन् ।

हरेक वर्ष बाढीले बितण्डा मच्चाउने सप्तरीमा कहिल्यै भरपर्दो तटबन्धको व्यवस्था हुन सकेको छैन । तटबन्धको राम्रो व्यवस्था नहु“दा हरेक बाढीका बेला सप्तरीका वस्ती डुबानमा पर्ने गरेका छन् । वर्षायाममा आउने हरेक बाढीले जन र धनको क्षति गर्ने गरेको छ । यस वर्ष मात्र सप्तरीमा बाढीकै कारण दुई जनाको ज्यान लिइसकेको छ ।

एक हप्तादेखी सप्तरी लगायतका जिल्लाहरुमा अविरल वर्षा भइरहेको छ । अविरल वर्षापछिको बाढीले सप्तरीवासीमा सबैभन्दा बढी प्रभाव पारेका छ ।सप्तरीमा खँडो, विगुल, त्रियुगा, महुली, वलान, सुन्दरी लगायतका साना खोलाहरु छन् । हिउ“दमा सामान्य हुने यी खोलाहरुमा बर्षायाममा अटी नअटी बाढी बग्छ । बाढीका कारण सप्तरीका दर्जनभन्दा बढी गाउ“का विभिन्न वस्तीहरु डुबानमा परेका छन् । गाउँका वस्तीहरु त डुवानमा पर्ने नै भए । सुविधानसम्पन्न राजबिराज नगरपालिका समेत बाढीबाट अछुतो रहन सकेको छैन । त्यसैगरी, कंचनरुप नगरपालिका, तिरहुत, रुपनी, कोइलाडी तिलाठी, कृष्णासवरण लगायत गाउ“पालिकाका प्रायजसो वडाका वस्तीहरु बाढीका कारण डुबानमा परेका छन् ।

यस वर्षका बाढीका कारण सप्तरीमा १ हजार ५ सय भन्दा बढी घर डुबानमा परेका छन् । खाडो खोलामा आएको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पुरौ डुबाएको छ । जिल्लका विभिन्न क्षेत्रमा व्यवसायी कुखुरा पालन गरिरहेका कृषहरु समेत बाढीबाट प्रभावित भएका छन् । धेरै कुखुरा फर्महरु डुबानमा पर्दा कुरोडौको क्षति भएको छ । वर्षा याम धान बाली लगाउने समय हो ।
विगत झै यस वर्ष पनि बाढीका कारण सप्तरीका सयौ हेक्टर जमिनमा लगाइएको धानबाली समेत ढुबानमा परेको छ । वर्षा रोकिएर पानी सुके पनि खर्भरै रोपेको धान यथावत रहन्छ भन्न सक्ने अवस्था छैन ।
बाढीका कारण सप्तरीमा यो वर्ष मात्र दुई जनाको मृत्यु भएको छ । केही दिन अगाडी मात्र लौनिया“मा खोलाले एक पुरुषको शव बगाएर ल्याएको थियो । बाढीले बगाएर ल्याएको शवको अझै पनि पहिचान खुल्न सकेको छैन ।

यसै वर्ष बाढीको गहिराई नाप्ने क्रममा एक प्रहरी जवानको समेत डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बेस क्याम्प बर्साइनको छेउमा आएको बाढीको पानीमा डुबेर २९ वर्षिय प्रहरी जवान सुमन आचार्यको मृत्यु भयो । बाढीकै कारण दर्जनौ घर परिवार विस्थापित भएका छन् भने बाढीकै कारण सप्तरीका दर्जनौ भित्रि सडक ध्वस्त भएका छन् । भने, पक्की सडक र पुलहरु समेत बाढीकै कारण जोखिममा परेका छन् । सप्तरीमा बाढी समस्या नया“ होइन । तर, अझै पनि बाढीको प्रभाव रोक्ने दिर्धकालिन उपाय अपनाउन सकिएको छैन ।

जसका कारण, सप्तरीवासी वर्षेनी बाढीको प्रकोप खेप्न बाध्य छन् । गृह मन्त्रालय भने बाढी, पहिरो र डुवान पीडितहरुको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाइएको दावी गर्न । जिल्ला दैवीप्रकोर उद्धार समिति र स्थानीय प्रशासनको संयुक्त पहलमा राहत, उद्धार र क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी बताउछन् ।
केही दिन अगाडी प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका डुवान क्षेत्रको अवलोकन गरेका थिए । अवलोकनकै क्रममा प्रधनमन्त्री देउवाले बाढी पीडितलाई प्रति परिवार २५ हजार राहत दिने गरेका थिए । प्रधानमन्त्रीको घोषणालाई सोमबार बसेको मन्त्री परिषद बैठकले अनुमोदन गरेको छ । मन्त्री परिषदले सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

आपतको बेला सरकारले प्रदान गर्ने रकम पीडितका लागि राहत हुनसक्छ । तर, बाढी र डुवान जस्ता समस्या समाधानका लागि दिर्धकालीन उपाय खोज्नु नै सधैका लागि राम्रो हुनेछ ।
वर्षेनी बाढीबाट जनधनको क्षति हुने गरेको छ । तर, अहिलेसम्म बाढी प्रभावित क्षेत्रमा बाढी रोकथामका लागि दीर्घकालीन उपाय अझै पनि खोज्न सकिएको छैन । प्राकृतिक प्रकोप रोक्न त सकिदैन । तर, प्रकोपबाट बच्न विभिन्न उपाय अपनाउन सकिन्छ ।
सप्तरीमा वर्षाको बाढी रोक्न सबै नदीमा भरपर्दो तटबन्धको व्यवस्था गर्ने हो भने सप्तरीवासीले वर्षेनी बाढीको प्रकोप खेप्नु पर्दैनथ्यो । त्यसो त सप्तरीमा बाढी रोक्ने प्रयास नभएको होइन । तर, खोलामा आउने बाढीको आंकलन नगरी बनाइने सानातिना बाध हरेक सालको बाढीले भत्काउने गरेको छ । हरेक वर्ष सप्तरीमा बाढीले बितण्डा मच्चाउछ । अनि पुरानै कथा दोहोरिन्छ, राहत ।

सप्तरीमा बाढी समस्या नौलो होइन । हरेक वर्षा याम उस्तै हुन्छ । वर्षा याममा बाढीका कारण समस्यामा नपरेका सप्तरीवासी भेटिदैनन् । सप्तरीवासी सबैभन्दा बढी खाँडो नदीको बाढीबाट प्रभावित हुंदै आएका छन् । बाढी नियन्त्रण गर्न खा“डो नदी नियन्त्रण आयोजना नै बनेको छ । आयोजनाले बाढी नियन्त्रणका लागि काम गरिरहेको भए पनि बाढीको बितण्डा रोकिएको छैन । यसपटक पनि सप्तरीवासी खांडो नदीमा आएको बाढीबाटै पीडित भएका छन् । हरेक वर्ष बाढीले जनधनको क्षति पु¥याउंछ । सरकारी र गैर सरकारी निकायका प्रतिनिधि राहत बोकेर बाढी प्रभावित क्षेत्रमा पुग्छन् । तर, हरेक वर्ष बाढीका कारण प्रभावित हुने सप्तरीवासी भने राहत होइन, बाढी रोक्ने दीर्घकालीन कामको पर्खाइमा छन् ।

सरकारले सप्तरीमा बाढी रोक्न खांडो नदी नियन्त्रण आयोजना नै बनाएको छ । आयोजनाले काम गर्न थालेको ६ भइसक्यो । आयोजनाले काम गर्न थालेको ६ महिना भए पनि बाढीको प्रभाव उस्तै छ । बाढीबाट जन धनको क्षति हुन रोकिएको छैन । यस वर्ष पनि खाँडो नदीमा आएको बाढीले धेरै क्षति पु¥याएको छ । तर, आयोजना प्रमुख अखलक सिद्दिकी भने यो तथ्य स्वीकार्न तयार छैनन् । अहिलेसम्म २५ किलोमिटर बाँध बनाइसकेको बताउ“दै प्रमुख सिद्दिकी यसपटक खा“डो खोलाको बाँध फुटेर गाउँमा बाढी नपसेको दावी गर्छन् ।
देशका धेरै नदीका गिटी र बालुवा निकालिदा नदीको सहत गहिरिएको भन्दै आलोचना हुने गरेको छ । तर, सप्तरीमा भने गिटी बालुवाो सतह माथि उठेकाले गाउँमा बाढी पसेको बताउने गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल नदीको सतहमा बालुवा बढी भएका कारण वर्षा याममा नदीमा आउने बाढी वस्तीमा पस्ने गरेको दावी गर्छन ।
विगतमा झैं यस वर्ष पनि सप्तरीका बाढी प्रभावितलाई सरकारी र गैरसरकारी संस्थाले राहत वितरण गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी कटुवाल बाढी पीतिलाई राहत वितरण गर्ने सवालमा कुनै समस्या नरहेको बताउँछन् । तर, वर्षौदेखि बाढी समस्या खेपी रहेका सप्तरीवासी भने राहत होइन, दीर्घकालीन बाढी रोकथाम चाहन्छन् ।

हरेक वर्ष बाढी आउछ भन्ने थाहा भए पनि सरकारले बाढी नियन्त्रणका लागि काम गर्न नसकेको सप्तरीवासीको गुनासो छ । सरकारले दिर्घकालीन रुपमा बाढी रोक्न काम गर्नु पर्ने सप्तरीवासीको माग छ ।
आपत विपतमा परेका नागरिकलाई राहत उपलब्ध गराउनु सरकारको दायीत्व नै हो । बाढी प्रभावितहरुलाई राहत उपलब्ध गराएर सरकारले तत्कालिक रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेको छ । तर, राहत कदापि दिर्घकालीन समाधान होइन । चोट लागेर उपचार गर्नु भन्दा चोट नै लाग्न नदिनु बुद्धिमानी हुन्छ ।

हाम्रो देशमा समस्या पत्ता लगाउने तर समाधानका लागि काम नगर्ने गलत प्रवृत्ति छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सप्तरीमा बाढी समस्याको कारण पत्ता लगाइसकेका छन् । उनकै भनाइलाई आधार मान्ने हो भने नदीमा गिटी बालुवाको सतह उठेकाले नदीमा आउने बाढी वस्तीमा पस्ने गरेको छ । तर, नदीमा बढी भएको गिटी बालुवा हटाएर नदीलाई आफ्नो वहावमा बग्न दिने कोसिस गरिएको छैन ।
यसका कारण सप्तरीवासीले वर्षेनी डुवान भोग्नु परेको छ । तराइ क्षेत्रमा डुवान समस्या आम नागरिकको नियति जस्तै बनेको छ ।







प्रतिक्रिया दिनुहोस्