ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा जिल्लाकै पहिलो नगर अस्पताल भवन निर्माण


एबीसी / संवाददाता

बागलुङ, ३० असार :
बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ । यो नै जिल्लाको पहिलो नगर अस्पतालको भवन हो ।

गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा विसं २०७३ मा निर्माणकार्य शुरु गरिएको सुविधासम्पन्न भवन तयार भएको गलकोट प्राथमिक स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिका–५ का वडाध्यक्ष नारायणध्वज मल्लले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउन नगरपालिकाले सबै तयारी पूरा गरेको र स्वास्थ्य मन्त्रालयले स्वीकृत मात्रै गर्न बाँकी रहेको उहाँको भनाइ छ । “अहिले प्राथमिक स्वास्थ्य केन्द्रकै हिसाबले सेवा दिइरहेका छौँ तर नगर अस्पताल निर्माणका लागि जग्गा र भवन लगभग हामीलाई पुग्छ, सरकारको पनि एक स्थानीय तह एक अस्पतालको नीति छ”, मल्लले भन्नुभयो, “जिल्लाको गलकोट नपासहित ताराखोलाका स्थानीयवासीलाई समेत नगर अस्पताल निर्माणपछि सहज हुनेछ ।” अहिले केन्द्रमा निकै पुरानो जीर्ण भवन मात्रै रहेकाले सेवा दिन समस्या भइरहेको छ । अब सुविधासम्पन्न भवन थपिएको र हस्तान्तरण हुन बाँकी भए पनि उपभोग गर्न मिल्ने सहमति भएको मल्लले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको समयमा कोरोना अस्पतालका रूपमा समेत रहेको स्वास्थ्य केन्द्रले ६४ सङ्क्रमितलाई भर्ना गरी उपचार गरिसकेको छ । भवन नहुँदा आँखा अस्पतालको भवनबाट उपचार सेवा प्रदान गर्नुपर्ने बाध्यता अब सुविधासम्पन्न भवन प्रयोगमा ल्याएसँगै अन्त्य हुने स्वास्थ्य केन्द्र तथा प्रस्तावित नगर अस्पतालका डा निक्सन डङ्गोलले जानकारी दिनुभयो । “कोरोना महामारीमा भवन अभावमा आँखा अस्पतालको भवनबाट सङ्क्रमितलाई सेवा दिएका थियौँ, अहिले अस्पतालमा कोरोना सङ्क्रमित भर्ना हुनुभएको छैन”, डा डङ्गोलले भन्नुभयो, “अस्पताल भवन तयार भएको छ, अब सहज होला, तर नगर अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति थप गर्नुपर्ने छ, जसका लागि नगरपालिकाले सबै कागजात मन्त्रालय र विभागमा पठाइसकेको छ, स्वीकृत भएर आएमा जिल्लाकै पहिलो नगर अस्पताल यही हुनेछ ।”

विसं २०७३ मङ्सिरमा दुई वर्षमा सक्ने गरी अमिट विल्डर्सले निर्माण थालेको उक्त भवन तीन वर्ष ढिलो गरी सम्पन्न भएको वडाध्यक्ष मल्लले जानकारी दिनुभयो । उक्त भवन रु पाँच करोड ४५ लाखको लागतमा निर्माण भएको हो । अहिले प्राथमिक स्वास्थ्य केन्द्र आठ शय्याको भए पनि भवन निर्माणपछि १० शय्यामा सञ्चालन आउने छ । नगर अस्पताल स्वीकृत भएमा १५ शय्यामा सेवा दिनेछ ।

अस्पतालको भवन बने पनि अस्पतालका लागि उपकरण तथा फर्निचरको काम भने बाँकी रहेको छ । नगरपालिकाले आकस्मिक सेवामा उपकरण तथा सेवा थप र जेनेटर खरिदका लागि रु २० लाख विनियोजन गरेको छ । यस्तो विषम परिस्थितिमा भवन समयमा नबन्दा उपचारमा समस्या भएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । अहिले सेवा दिन मिल्ने गरी भवन प्रयोग गर्ने तयारी छ ।

नगर अस्पतालमा प्राथमिक स्वास्थ्य केन्द्रका लागि तोकिएकै दरबन्दी छ । दरबन्दी बढाउनसमेत पहल भइरहेको छ । अहिले केन्द्रमा दरबन्दीका चिकित्सक नभएको अवस्था छ । अहिले दुई चिकित्सक भए पनि दुवै करारमा छन् । केन्द्रमा एक मेडिकल अधिकृत, एक स्टाफ नर्स, तीन अनमी, तीन अहेव र एक कार्यालय सहयोगीको मात्रै दरबन्दी छ । गलकोट नगर अस्पतालका रूपमा सेवा दिनका लागि भवन पर्याप्त भए पनि दरबन्दी र उपकरण थप गर्न नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com