ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएका केहीलाई प्यारालाइसिसको समस्यापछि एफडीएको नयाँ चेतावनी


एबीसी / संवाददाता

अमेरिका ब्यूरो/
जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले नयाँ चेतावनी जारी गरेको छ । भ्याक्सिन प्रदान गरिएका साढे १२ मिलियनमध्येबाट एकसयजनामा यस्तो सिन्ड्रोम देखिएपछि एफडीएको नयाँ चेतावनी आएको हो ।एफडीएले ९५ जनाको केस गम्भीर प्रकारको रहेको र उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको जनाएको छ । एकजनाको भने मृत्यु भएको जनाइएको छ । यद्यपी भ्याक्सिन र गियान बार सिन्ड्रोमबारे प्रत्यक्ष सम्बन्ध स्थापीत गर्न तथ्यांक अप्रयाप्त रहेको भन्दै एफडीएले कोरोनाबिरुद्ध जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सिफारिस गरेको छ । जोन्सन एण्ड जोन्सनले पनि यसबारे अमेरिकाको सघीय नियामक एफडीएसँग छलफल गरेको जनाएको छ ।

यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको कम्पनीले जनाएको छ । यद्यपी फाइजर र मोर्डेना भ्याक्सिनका सन्दर्भमा भने यस्तो मामला रिपोर्ट गरिएको छैन । गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।फ्लु सिजनमा समेत अमेरिकामा यस्ता केही केसहरु देखिने गरेका छन् । फ्लु भ्याक्सिन लगाउँदासमेत १० लाखमा एकदेखि दुईसम्म यस्ता केसहरु देखिने गरेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिनसँग सम्बन्धित पछिल्ला केसहरुमा भने धेरै उमेरका पुरुषहरु सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ ।

रिपोर्ट गरिएका अधिकांश गियान बार सिन्ड्रोमका केसहरु भ्याक्सिन लगाएको दुई सातासम्मका रहेका छन् भने अधिकांश ५० बर्ष नाघेका पुरुषहरु रहेका छन् । यदि भ्याक्सिन लगाएपछि व्यक्तिमा झमझमाउने र कमजोरी अनुभव भएमा तत्काल स्वास्थ्य सहायता खोज्न एफडीएले सुझाव दिएको छ ।

खासगरी खुट्टा र पाखुरामा झमझमाउने भएमा त्यो शरीरका अन्य भागमा समेत फैलिनसक्ने जनाइएको छ । यो सिन्ड्रोमका अन्य लक्षणहरुमा हिडडुल गर्न कठिन हुने, अनुहारको चालमा समस्या हुने, दुईवटा दृश्य देखिने, आँखा चलाउन गाह्रो हुने, दिशापिसाव नियन्त्रण गर्न गाह्रो हुने लगायतका हुनसक्छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन १५ लाख डोज सोमबार नेपाल आइसकेको छ भने मंगलबारदेखि वितरण सुरु गरिएको छ । यो भ्याक्सिन ५० देखि ५४ वर्ष उमेरका व्यक्तिलाई दिइने भएको छ ।
सोमवारको मन्त्रिपरिषद्को निर्णय अनुसार मङ्गलवारदेखि नै भ्याक्सिन कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ । तोकिएको उमेर समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई समेत प्रदान गरिने भएको छ । नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन दिइने भएको छ ।

भ्याक्सिन लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।अमेरिकामा अहिले जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरणमा रोक लगाइएको छैन । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् । अमेरिकामा आष्ट्राजेनेका भ्याक्सिन पनि भण्डारणमा रहेको छ तर यो अमेरिकामा स्वीकृत नभइसकेकाले अमेरिकाले अहिले स्वीकृत भ्याक्सिनहरु विभिन्न देशलाई सहायताका लागि पठाएको हो ।अमेरिकामा गत अप्रिलमा यो भ्याक्सिन वितरणमा अप्रिल १३ देखि १० दिनसम्म रोक लगाइएको थियो । तर अप्रिल २३ मा उक्त रोक हटाइएको थियो ।

यद्यपी अमेरिकामा अहिले यो भ्याक्सिन लगाउन कम व्यक्ति इच्छुक देखिएका छन् ।सम्भावित दुर्लभ प्रकारको रगतका थोपा जम्ने समस्या देखिएको हुनसक्ने भन्दै यो भ्याक्सिन १० दिन वितरणमा स्थगन गरिएको थियो । झण्डै ८ मिलियनले भ्याक्सिन लगाउँदा १५ जनामा यस्तो समस्या देखिएको थियो । ५० बर्षभन्दा कम उमेरका महिलामा यस्तो समस्या देखिएको थियो । जसमध्ये ३ जनाको मृत्यु भएको थियो भने सातजना अस्पतालमा भर्ना भएका थिए ।तर भ्याक्सिन कोरोना संक्रमणबिरुद्ध सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकाल्दै अमेरिकाको एफडीए र सीडीसीले भ्याक्सिन वितरण सुचारु गर्ने निष्कर्ष निकालेको थियो । सम्भावित जोखिमको तुलनामा फाइदा नै धेरै रहेको र फाइदाले जितेको भन्दै भ्याक्सिन वितरण सुचारु गरिएको हो । यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ ।यद्यपी ५० बर्षभन्दा कम उमेरका महिलालाई यो भ्याक्सिन लगाउँदा भने सावधान हुन चेतावनी दिइएको छ । भ्याक्सिन लगाएपछि कम प्लेटलेस र रगत जम्नसक्ने दुर्लभ जोखिमका कारण ५० बर्षभन्दा कम उमेरका महिलाले यो भ्याक्सिन लगाउँदा विचार गर्न भनिएको छ ।जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com