ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिसिल्ड दोस्रो डोज खोप लगाउन कुन प्रदेशमा कति बाँकी (कहाँ कति सूचिसहित)


एबीसी / संवाददाता

काठमाडौँ, १९ असार । देशभर (कोभिसिल्ड) को पहिलो डोज खोप लगाइ दोस्रो डोजको पर्खाइमा १३ लाख ६८ हजार ८५९ मानिस रहेका छन् । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिसिल्डको दोस्रो मात्रा चार लाख ५९ हजार ६२५ जनाले लगाएका छन् ।प्रदेश १ मा दुई लाख ५४ हजार ३६१ मानिसले लगाउँन दोस्रो खोप लगाउन बाँकी रहेको छ । ५२ हजार ८२५ दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । प्रदेश २ मा दुई लाख ७४ हजार ३७४ जनाले दोस्रो खोप लगाउन बाँकी छ । ४६ हजार १५८ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।

बागमती प्रदेशमा दुई लाख ६१ हजार ३२९ जना दोस्रो खोप लगाउन बाँकी छन् । एक लाख ६० हजार १५३ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।गण्डकी प्रदेशमा एक लाख ३८ हजार ३६३ जना मानिस दोस्रो खोप लगाउनबाट वञ्चित छन् । ४९ हजार ६११ जना मानिसले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।लुम्बिनी प्रदेशमा एक लाख ९४ हजार ३५२ जना खोपले पहिलो खोप लगाएर दोस्रो डोजको पर्खाइमा छन् । ८४ हजार १२४ जनाले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । कर्णाली प्रदेशमा ७८ हजार ४८० जनाले पहिलो मात्रा लगाएका छन् । जसमध्ये २८ हजार ८४८ जनाले खोप जनाले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् ।

सुदुरपश्चिम प्रदेशमा जना ३७ हजार ९०६ ले दुवै डोजको मात्रा पूरा गरिसकेका छन् । पहिलो खोप लगाएर दोस्रो डोजको पर्खाइमा एक लाख ६७ हजार ६०० जनाको संख्या छ ।नेपालमा हालसम्म कोभिडविरुद्धको पहिलो र दोस्रो खोप लगाउनेको कुल संख्या ३३ लाख ६२ हजार ५०१ जना छन् ।

जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या २६ लाख ४ हजार ८६६ र दोस्रो मात्रा लगाउनेको संख्या ७ लाख ५७ हजार ६३५ छ ।भारतको सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड खोप ७५ वर्षका माथिका ज्येष्ठ नागरिकलाई लगाइएको थियो । पहिलो चरणमा भारतले अनुदानस्वरुप १० लाख खोप उपलब्ध गराएको थियो । खरिद गरी १० लाख र भारतीय सेनाले नेपालीलाई अनुदान स्वरुप एक लाख खोप दिएको थियो ।कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार खोप पनि आएको थियो । कोभ्याक्स अन्तर्गत पाउनुपर्ने नपाएकाले र भारतले खरिद गरेको खोप उपलब्ध गराउन नसक्दा करिब १४ लाख मानिस खोप कोभिसिल्डको दोस्रो डोज लगाउनबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com