ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोकप : ४० हजार दर्शक उपस्थितमा इंग्ल्याण्ड र जर्मनीको बहुप्रतीक्षित भिडन्त


एबीसी / संवाददाता

काठमाडौं, १५ असार । युरोकप २०२० मा समूह चरणपछि पनि घरेलु मैदानमै खेल्न पाउने भाग्यमानी टिम हो इंग्ल्याण्ड । त्यही इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीसँग लण्डनस्थित वेम्वली मैदान प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति ९: ४५ बजे हुने यस खेल बहुप्रतीक्षित बनेको छ । इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । ‘ग्रुप अफ डेथ’मा रहेको जर्मनी भने समूह एफमा फ्रान्सभन्दा पछि रहेर उपविजेता बनेको थियो । समूह चरणको तीनवटै खेल घरेलु मैदानमा खेलेको इंग्ल्याण्ड अपराजित रहेको थियो ।

इंग्ल्याण्डले क्रोएसिया र चेक रिपब्लिकलाई समान १० ले पराजित गर्दा स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । दुवै खेलमा रहिम स्टर्लिङले गोल गरेका थिए । उता फ्रान्ससँग १-० ले पराजित हुँदै प्रतियोगिता सुरुवात गरेको जर्मनीले दोस्रो खेलमा साविक विजेता पोर्चुगललाई ४-२ ले पराजित गर्दा हंगेरीसँग २(२ को बराबरी खलेको थियो।

इंग्ल्याण्ड र जर्मनीबीच फुटबलको राइभलरी गजज्बको छ । यस पटक युरोकपको नकआउट चरणको सुरुआतमै यी दुई टोली भिड्दैछन् । त्यसैले पनि यस खेललाई लिएर विभिन्न अड्कलबाजी सुरु भइसकेको छ ।

यस खेलको विजेताले क्वाटरफाइनलमा स्वीडेन र युक्रेनबीचको खेलको विजेतासँग खेल्नेछ ।इंग्ल्याण्ड र जर्मनी खेल्दा सन् १९९६ को युरो सेमिफाइनलको याद ताजा हुन्छ । त्यतिबेला अहिलेका इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले पेनाल्टी गुमाउँदा जर्मनी विजयी भएको थियो ।

त्यही संस्करणमा सेमिफाइनल खेलेयता इंग्ल्याण्ड फेरि सेमिफाइनल पुग्न सकेको छैन । इंग्ल्याण्ड दुई पटक सेमिफाइनल पुगे पनि उपाधि जित्न सकेको छैन ।

जर्मनी भने स्पेनसँगै सर्वाधिक ३ पटकको च्याम्पियन हो । १९९६ मा जर्मनीले उपाधि नै जितेको थियो । इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फाइनलमा जर्मनीलाई पराजित गरेयता मुख्य प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराउन सकेको छैन ।

१९९६ को त्यो चर्चित सेमिफाइनलमा जर्मनीले इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा ६-५ ले पराजित गरेको थियो । सन् २००० को युरोमा भने इंग्ल्याण्डले जर्मनीलाई समूह चरणमा १-० ले पराजित गरेको थियो ।

यी दुई टोली युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन् ।घरेलु मैदान वेम्वलीमा इंग्ल्याण्डको यो ३००औं खेल हुनेछ । यस्तै इंग्ल्याण्ड र जर्मनी वेम्वलीमा खेल्न लागेको यो १३औं पटक हो । यसअघि भएका १२ खेलमा जर्मनीले ६ खेल जित्दा इंग्ल्याण्डले ४ खेल जितेको छ र २ खेल बराबरीमा सकिएको छ ।समग्रमा यी दुई टोलीबीच अहिलेसम्म ३२ खेल हुँदा दुवैले समान १३ खेल जितेका छन् । ६ खेल भने बराबरीमा सकिएको थियो । वेम्वलीमा जर्मनी र इंग्ल्याण्डको खेल हेर्न ४० हजार दर्शक उपस्थित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com