ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको छ : उपप्रधानमन्त्री पौडेल


एबीसी / संवाददाता

काठमाडौं, १५ असार।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताउनुभएको छ । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–“कोभिडपछि डिजिटल अर्थतन्त्रको महत्व थप बढेको छ, डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलाप थप सहज बनाउने छ ।” उपप्रधानमन्त्री पौडेलले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो भन्नुभयो । उहाँले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाईजेसन लिट्रेसी’ को लोगो अनावरण गर्नुभएको थियो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग पुगेको बताउनुभयो । कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व बढेको भन्दै उहाँले अहिले पुँजीबजारको क्षेत्रका अधिकाँश कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताउनुभयो । उहाँले समय बदलीएको उल्लेख गर्दै आर्थिक क्षेत्रमा डिजिटलाइजेसनको महत्व बढेको बताउनुभयो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै त्यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com