ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले बालुवाटारमा किन सुनाए निलोवर्णको स्याल र छेपारोको कथा


एबीसी / संवाददाता
असार १४, २०७८ सोमबार  ३ : २१ बजे

काठमाडौं, १४ असार ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिनुभएको छ । मदन भण्डारीको जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्डलाई दन्त्यकथाको ‘निलोवर्ण स्याल’ र ‘छेपारो’ सँग तुलना गर्नुभएको छ । उहाँले भन्नुभयो , ‘निलो वर्णको रङ भरिएको ठाउँमा स्याल पानी खान गयो। झुक्किएर भित्र खसेछ, स्याल पूरै निलो भयो। त्यसपछि स्याल जंगल गयो। ऊ त अर्कै रङको छ। उसले जंगलमा पुगेपछि म विशेष प्रकारको प्राणी हुँ भन्न थाल्यो। निल वर्णको म मात्रै यस्तो जीव हुँ भन्न थाल्यो। म जंगलको राजा हुँ भन्यो । जनावरले पत्याउँदै गए। सबैले होला भन्ठाने। अलिकति साँझ परेपछि अलिक पर स्याल कराउन थाले। त्यसपछि त्यो पनि ठाडो घाँटी लगाएर कराउन थाल्यो। स्यालको धर्म के हुन्छ भने अरु कराएपछि कराउनै पर्ने । स्याल भन्ने उसको कराउने धर्मबाट थाहा पाएपछि बाघले झप्पु दिएर समात्यो।’ ओलीले प्रचण्ड पनि त्यस्तै रहेको आरोप लगाउनुभयो। प्रचण्डले रङ फेर्दै हिँडेको नेपाली जनताले बिर्सिएको देखेर छक्क लाग्ने गरेको उहाँले बताउनुभयो । केही दिनअघि अहिलेका राष्ट्रपतिभन्दा राजामहाराजाको शान रहेको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले यस्तो भन्नुभएको हो । प्रचण्डले कहिले गणतन्त्र आफुले ल्याएको भनेर प्रचार गर्ने र कहिले राष्ट्रपतिभन्दा राजा राम्रो भन्दै रंग फेरेर हिड्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com