ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा कालो वर्णका कलाकारहरू अमेरिका पलायन


एबीसी / संवाददाता

एजेन्सी/ ब्रिटिस अभिनेत्री नाताली इमानुयलले बेलायती चलचित्र उद्योगमा रंगका आधारमा भेदभाव हुने गरेको दाबी गरेकी छन्। चर्चित अमेरिकन सिरिज ‘गेम अफ थ्रोन्स’ र ‘फास्ट एन्ड फ्युरियस’मा अभिनय गरिसकेकी इमानुयलले बेलायतमा काला वर्णका कलाकारहरूले मौका नपाउने भएकाले अमेरिका पलायन हुन बाध्य भएको बताएकी हुन्। बेलायतका काला वर्णका मानिसहरूले पाएका दुःख र गर्नु परेको संघर्षका बारेमा बोल्दा निकै भावुक बनेकी इमानुयलको आँखामा आँसु छचल्किएको थियो।

‘बेलायती फिल्म उद्योगले हामीलाई खुसीले कहिले पनि अँगालेन। मजस्ता कयौं कालो वर्णका कलाकारहरू अमेरिका पलायन भएका छन्। किनभने बेलायतमा हामीलाई कुनै अवसर नै दिइँदैन’, उनले भनेकी छन्, ‘जसले गर्दा कयौं प्रतिभाशाली कलाकारहरू समयसँगै कतै हराए अत्तोपत्तो छैन।’

३२ वर्षीया अभिनेत्री इमानुयलले बेलायतमा अवसर पाएको भए आफू देश छोडेर अमेरिका पलायन नहुने पनि बताएकी छन्। उनले अहिले आफू अमेरिकाको फिल्म उद्योगमा रमाइरहेको र अमेरिकी चलचित्र उद्योगले पनि फरकफरक पृष्ठभूमिका मानिसहरूलाई मौका दिइरहेको उल्लेख गरेकी छन्। उनले आफ्नो देश छोडेर अमेरिका बस्ने निर्णयप्रति अहिले गर्व महसुुस गरिरहेको बताएकी छिन्।

‘अमेरिकामा धेरै देशका मानिस अटाएका छन्। उनीहरूले आफ्नो क्षमता र योग्यताअनुसार काम पनि पाइरहेका छन्’, उनले भनेकी छन्, ‘तर यहाँ पनि केही परिवर्तन भने गर्नु पर्नेछ। हामी त्यो मुद्दालाई उठाई पनि रहेका छौं।’ इमानुएलले गत महिना पनि हलिउडमा देखाइँदै आएको नग्नताका विषयमा पनि वकालत गरेकी थिइन्। जसलाई लिएर अहिले पनि विभिन्न बहसहरू भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com