काठमाडौं, १३ असार । बानेश्वरमा गलत ठाउँमा पार्किङ गरेपछि मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले “व्हिल लक” लगाइदिएको छ । बा२ झ ३१४२ नम्बरको उक्त गाडीको चक्कामा ट्राफिक प्रहरीले लक लगाइदिएको हो । फोर्ड कम्पनीको उक्त गाडी नयाँ बानेश्वरको सडकमा पार्किङ गरिएको थियो । सामाजिक सञ्जाल ट्विटरमा भुवन थापाले सार्वजनिक गरेको उक्त गाडीको तस्बिर हेर्दा नयाँ बानेश्वरमा अहिले राखिएको आकाशे पुल पनि देख्न सकिन्छ ।यो गाडी कुन मन्त्रालयको हो भन्ने खुलेको छैन ।








प्रतिक्रिया दिनुहोस्