ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोकपमा आज दुई खेल, कुन कुन टिम भिड्दै ? यस्तो छ समय तालिका


एबीसी / संवाददाता

काठमाडौं, १३ असार । युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् ।युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हो ।
आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन् । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९: ४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । यस खेलको विजेताले डेनमार्कको सामना गर्नेछ ।

नेदरल्यान्ड्सले समूह (सी) को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।चेक रिपब्लिकले भने समूह (डी) बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थन बनाएको हो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो ।

स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।

बेल्जियम समूह (बी) को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले हराएको थियो ।

पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह (एफ) बाट नकआउट चरणमा पुगेको हो । साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो । पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४(२ गोल अन्तरले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो । बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ । पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com