ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव :उपप्रधानमन्त्री पौडेल


एबीसी / संवाददाता

काठमाडौं, १२ असार ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव भएको बताउनु भएको छ ।

शनिबार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर्वाचनको लागि सबै जुट्न आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्था र संसदबाट अर्को बैकल्पिक सरकार बन्न नसक्ने अवस्था आएपछि प्रतिनिधि सभा बिघटन गर्न बाध्य भएको जिकिर गर्नुभयो ।

प्रतिनिधि सभाको निर्वाचनबाट आएको जनादेशले जनतामा सामाजिक न्याय सहितको विकास र सम्वृद्धितर्फ जाने यात्रा बीचमा अनपेक्षित राजनैतिक घटनाहरुले रोकिएपछि निकास दिन निर्वाचन एकमात्र विकल्प भएको उपप्रधानमन्त्री पौडेलले बताउनु भयो । अदालतमा परेको मुद्दाले जुनसुकै निर्णय दिए पनि ताजा जनादेशले मात्र राजनैतिक निकास दिने भएकोले सबै निर्वाचनको लागि तयारीमा लाग्न अर्थमन्त्री पौडेलले आग्रह गर्नु भयो ।

कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले अहिले राजनैतिक गतिरोधले विकास निर्माणलाई केही प्रभाव परे पनि गति नरोकिने बताउनुभयो । शनिबारर उद्घाटन भएको कार्यालयले स्याङ्गजाको कालिगण्डकी नदीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका ठूलो क्षेत्रफलमा सिँचाई पर्‍याउने योजनाको फिल्ड कार्यालयको रुपमा काम गर्ने छ । कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिँचाइ सहित एक सय २६ मेघावाट विद्युत पनि उत्पादन गर्ने बताइएको छ । यो आयोजना सम्पन्न गर्न करिब एक सय ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com