ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसमा दोस्रो पुस्ताका नेता सभापतिमा दाबी गर्दै : अप्ठेरोमा शीर्ष नेता


एबीसी / संवाददाता

काठमाडौं, ११ साउन ।  भदौको दोस्रो हप्ताबाट नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदैछ। अवको पार्टी नेतृत्वको दाबी दोस्रो पुस्ताका नेताहरुले गर्न थालेपछि नेपाली कांग्रेसको सभापति बन्ने योजनामा रहेका शीर्ष नेताहरुका लागि चुनौती थपिने भएको छ।

पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, सुजाता कोइराला, कल्याण गुरुङ लगायतले सभापति पदमा प्रतिस्पर्धा गर्ने दाबी गर्नुभएको छ । सभापति दाबी गर्ने यी कांग्रेसका दोस्रो तथा तेस्रो पुस्ताका नेताहरु हुनुहुन्छ । विमलेन्द्र, शशांक, प्रकाशमान र सुजाता कांग्रेसका शीर्ष नेताहरुका सन्तान पनि हुन्। सभापतिमा दोहोरिने योजनामा रहेका शेरबहादुर देउवा, एक पटक सभापति बन्ने धोको पालेका रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई युवाहरुको उम्मेदवारी घोषणाले चुनौती थपिएको नेताहरुको बुझाइ छ। केन्द्रीय सदस्य चन्द्र भण्डारीले दोस्रो तथा तेस्रो तहका नेताले १४औं महाधिवेशनबाट दोस्रो तहकै नेतालाई सभापति बनाउन निर्णायक भूमिका खेल्ने दावी गर्दै आउनुभएको छ । ‘हाम्रो पार्टीको दोस्रो पुस्ता पार्टीलाई विश्वको बदलिँदो परिस्थितिअनुसार अघि बढाउन लागेको छ,’ भण्डारीले भन्नुभयो, ‘यो कसैलाई दबाब वा धम्की दिनका लागि होइन, स्मार्ट फोनसँगै हुर्किएको स्मार्ट पुस्ता अनुसारको नेतृत्वका लागि हो।’

कांग्रेसको १३औँ महाधिवेशनमा ८५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो। अहिले आमन्त्रितसहित १ सय २५ केन्द्रीय सदस्य छन्।पछि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट विजय गच्छदार र राप्रपाबाट सुनिलबाबु थापा नेतृत्वका समूहलाई पार्टीमा एकीकृत गर्दा केन्द्रीय समितिको संख्या ह्वात्तै बढेको हो। कांग्रेसका नेता मिनेन्द्र रिजालका अनुसार पार्टीको नयाँ विधानमा १ सय ६७ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ।

पार्टीभित्र केही युवा नेताहरुले देउवासहित सभापतिमा दाबी गरेका सबै नेताहरुसँग एक चरण छलफल गरिसकेका छन्। देउवालाई उनीहरुले अहिलेको चुनौतीको सामना गर्न उमेरले पनि साथ नदिने भन्दै विश्राम लिन सुझाव दिएको काँग्रेसका एक नेताले बताउनुभयो । दोस्रो तहबाट सभापति बन्ने गरी हामी युवाहरु एकै ठाउँमा उभिएको पनि युवा नेताहरुले बताउदै आउनुभएको छ । असार ७ गते ९ जना युवा नेताले उपसभापति विमलेन्द्र निधिसंग भेटवार्ता गर्नुभएको थियो । चन्द्र भण्डारी, गगन थापा, धनबहादुर गुरुङ लगायतका नेताले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा निधिलाई भेटेर महाधिवेशनमा दोस्रो तहका नेतालाई जिताउनु पर्ने बताएका थिए । शेरबहादुर देउवाको नेतृत्वमा आगामी आमचुनाव पनि नजितिने र पार्टी बलियो पनि नहुने भएकोले दोस्रो तहका नेताहरु अघि बढ्नुपर्ने सुझाव दिएको एक नेताले बताउनुभयो । कांग्रेसमा गगन थापा, प्रदीप पौडेल लगायतका नेताहरुको जिल्ला तहसम्म राम्रो पहुँच भएकोले निधि पनि उनीहरुसँग पावर सेयरिङको समझदारी गरेर सभापतिको उम्मेदवार बन्ने निष्कर्षमा पुगेको उहाँनिकट नेताहरु बताउँछन्। असार ७ गते महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंहसँग बानेश्वरस्थित आफ्नै निवासमा लञ्च मिटिङ गर्नुभयो ।दुई घण्टासम्म भएको छलफल पार्टीको महाधिवेशनकै सेरोफेरोमा केन्द्रित भएर छलफल भएको बताइएको छ। अहिलेसम्म निधिको पक्षमा प्रदीप गिरि, आनन्द ढुङ्गाना, गोविन्द भट्टराई, फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, चिनकाजी श्रेष्ठ र चित्रलेखा यादव लगायतका नेताहरु खुलेको बताइएको छ। ‘अहिले नै खुलेर लाग्दा पार्टी सभापति देउवालाई अप्ठेरो पर्ला भनेर पनि धेरै नेताहरुले मुख खोलेर भन्न नसकेको नेताहरुले बताउदै आएका छन् । धेरै युवा नेताले निधिलाई सहयोग गर्ने भनी अहिलेदेखि नै भित्री रुपमा आश्वासन दिएको ती नेताको दाबी छ।

यतिवेला १३औं महाधिवेशनमा सभापति देउवासँग पराजित भएका पौडेल १४औं महाधिवेशनमा पनि सभापतिका प्रमुख दाबेदार हुनुहुन्छ । अघिल्लो पटक नै देउवासँग लडेका उहा यस पटक आफ्नो पक्षमा थप बलियो माहोल बनाएर सभापति उठ्ने योजनामा रहनुभएको छ । तर, केही दिनदेखि सभापतिमा धेरैले दाबी गर्न थालेपछि उनको चुनौती थपिएको देखिन्छ। सभापति बन्न पौडेलले कोइराला परिवारका नेताहरुलाई एकजुट बनाएर उनीहरुको साथ लिनैपर्ने नेताहरुको भनाइ छ। त्यसो गर्न सकेको अवस्थामा रामचन्द्रलाई सभापति बन्ने बलियो आधार बन्छ,’ पौडेलनिकट एक नेताले भने, ‘तर, शेखर र शशांकले पनि दाबी गरेकाले उहाँलाई कठिनाइ हुनसक्छ।’ अहिलेका प्रमुख नेताहरुमध्ये पार्टी संगठनमा कुनै पनि नेताको एक्लै वर्चश्व छैन। तर, सबैको एक्लाएक्लै पकडका आधारमा हेर्दा चाहिँ देउवा नै तुलनात्मक रुपमा सबैभन्दा बलिया छन्। धेरै उम्मेदवार भएमा त्यसको फाइदा देउवालाई पुग्नसक्छ।

निधि पनि सभापतिका लागि प्रतिष्पर्धाबाट पछि हट्ने सम्भावना कम रहेको उहाँनिकट नेताहरु बताउँछन्। देउवानिकट नै रहेका निधिले सभापतिमा दाबी गरे देउवाको केही मत काटिन्छ। लामो समय देउवाको विश्वासपात्र भएर काम गरेका निधिले अहिलेसम्म छुट्टै समूह बनाएर त्यसको अभ्यास भने गर्नुभएको छैन ।

‘अहिले समूह भनेकै शेरबहादुर देउवा नै हो। निधिका प्रेस संयोजक रामजी दाहालले भन्नुभयो ‘अघिल्लो महाधिवेशनमै देउवाले आउने महाधिवेशनमा सहयोग गर्छु भन्नुभएको थियो। त्यही कारण यो महाधिवेशनमा निधिले सभापतिमा उम्मेदवारी दिनुहुन्छ।’ महामन्त्री शशांक कोइराला र कोइराला परिवारका अर्का प्रभावशाली नेता शेखर कोइरालाले सभापतिमा गम्भीर तयारीका साथ दाबी प्रस्तुत गर्न लागेको बताइएको छ। त्यसो त नयाँ पुस्ताका गगन थापा र कल्याण गुरुङले पनि सभापतिमा दाबी गरेका छन्। गगनले ७० पुगेका नेताहरुले विश्राम लिनुपर्ने, पार्टीमा बयोवृद्ध नेताहरुको पकड रहने संरचनाको अन्त्य हुनुपर्ने प्रस्ताव राख्नुभएको छ । प्रतिस्पर्धाको मुडमा रहेका नेताहरुका लागि महाधिवेशन प्रतिनिधि कसरी चयन भएर आउँछन् भन्ने कुरा धेरै महत्वपूर्ण हुनेछ। देशभरबाट निर्वाचित भई आएका प्रतिनिधिहरुको गहन अध्ययन गरेपछि नेताहरुले आफ्नो अन्तिम योजना तय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com