नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ को रिटको सुनुवाइमा बहस गर्दै अधिवक्ता गोविन्द वन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा प्रशस्त प्रश्न उठेको बताउनुभयो । प्रतिनिधि सभा विघटन मुद्दामा बुधबारदेखि संवैधानिक इजलासमा सुरू भएको बहसमा उनले विश्वासको मतबाट वैशाख २७ मा फेल भएपछि ओलीले प्रधानमन्त्री बन्ने वैधानिकता गुमाएको बताउनुभयो । त्यसो भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले उनलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्री बनाइएको सम्झाउनुभएको थियो । त्यसपछि बन्दीले भारतीय सर्वोच्च अदालतको फैसलाले गरेको एउटा व्याख्या सुनाए। विश्वासको मत नलिनु भनेको विश्वासको मत गुमाउनुसरह भएको भन्दै गरिएको व्याख्या सुनाएपछि उनले राष्ट्रपतिको निर्णयमा प्रश्न गर्नुभएको थियो । १४९ जनाको हस्ताक्षर बुझाएका देउवालाई दाबी नपुगेको भन्ने अधिकार राष्ट्रपति भण्डारीलाई नभएको उहाँले बताउनुभयो। ओली प्रधानमन्त्री नबने कोही पनि बन्न हुन्न भन्ने नियत राष्ट्रपतिको भएको उहाँको तर्क थियो। ुएउटा गीत छ श्रीमान, मलाई त्यही केटी चाहिन्छ भन्ने। हाम्रो राष्ट्रपतिले पनि त्यही गीतमा झैँ मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नु भयो, उहाले इजलासमा भन्नुभयो । अधिवक्ता खम्बबहादुर खातीपछि उनले बहस गर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्