ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतभित्र राजनीति भयो, तै पनि आदेश मान्छु – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
असार ८, २०७८ मंगलबार  १० : २२ बजे

काठमाडौं, ८ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रीहरूको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसला संविधानविपरीत भएको बताउनुभएको छ । सर्वोच्चको आदेशपछि पदमुक्त भएर मंगलबार बालुवाटार पुगेका मन्त्रीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले अदालतभित्र राजनीति भएको बताउनुभयो ।

उहाँले अदालतको आदेश संविधानविपरीत भए पनि त्यसलाई आफूहरूले सम्मान गर्ने प्रतिक्रिया दिएको एक मन्त्रीले बताउनुभयो । अदालतको फैसला संविधानविपरीत हुँदाहुँदै लोकतन्त्रमा हामीले अदालतको सम्मान गर्नुपर्छ उहाँले भन्नु भयो ,यसले अदालतमा राजनीति हाबी हुने पो हो कि भन्ने चिन्ता भयो। सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जानेबारे कुनै कुरा नभएको मन्त्रीले बताउनुभयो । निवर्तमान भूमिसुधार मन्त्री लक्ष्मणलाल कर्णका अनुसार यो विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे बुधबार पार्टीमा छलफल गरेर निर्णय गर्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो । बालुवाटारमा भेला भएका निवर्तमान मन्त्रीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै भोलिपल्ट सर्वोच्च अदालतबाट त्यस्तै आदेश आउनु संयोग मात्र हुन नसक्ने दावी गरेका छन् ।

हिजो प्रचण्डजीले २१ मन्त्रीको पद जान्छ भनेर बोल्नुभएको थियो। आज अदालतले त्यस्तै आदेश गर्‍यो। यसको मतलब कहीँ न कहीँ राजनीति भएको छ, निवर्तमान पर्यटनमन्त्री उमाशंकर अरगरियाले भन्नुभयो प्रचण्डजीले हिजो ठोकुवा गरेको कुरा आज अदालतको फैसलामा आएकोबारे हामीले प्रधानमन्त्रीसँग कुरा गरेका थियौं, तर उहाँले यसबारे केही बोल्नुभएन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com