ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँबस्तीस्थित जलेको मानव खुट्टा महिलाको भएको पुष्टि, अनुसन्धान नलिहाड झिकिएको तर्फ केन्द्रित


एबीसी / संवाददाता
असार ८, २०७८ मंगलबार  ७ : २१ बजे

काठमाडौं, ८ असार । गत जेठ २५ गते काठमाडौं महानगरपालिका–१० बौद्ध, नयाँबस्तीस्थित नौतलेमा एउटा काटेर फालिएको जलेको मानव खुट्टा कसको हो भन्ने अझै खुल्न सकेको छैन । १५ दिन विते पनि प्रहरीले फेलापरेको खुट्टा कस्को भनेर पत्ता लगाउन सकेको छैन ।प्रहरीले ७७ वटै जिल्लाका प्रहरी इकाइलाई हराएका व्यक्तिको खोजीसूचीका लागि परिपत्र गरे नतिजा नआएपछि अनुसन्धानलाई थप नयाँ मोड दिएको छ । प्रहरीले हराएका व्यक्ति पत्ता लाग्न नसके पछि किन हत्या गरियो भन्नेतर्फ अनुसन्धान केन्द्रित गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरिक्षक नवीन कार्कीले  जानकारी दिनुभयो ।

उहाँका अनुसार खुट्टाको नलीहाड झिकिएको अवस्थामा फेला परेको थियो ।कतिपय लामागुरुहरुले तान्त्रिक विधि प्रयोग गर्ने मुख्य सामग्रीमध्ये मुख्य मानिने कङलिङ (मानिसको खुट्टाको नलिहाडबाट बनाइएको) बनाउने प्रचलन रहेको बताइन्छ । केही समुदायको मृत्यु संस्कारमा कङलिङको प्रयोग लामाले अनिवार्य गर्नु पर्ने हुन्छ । प्रहरीले नलीहाड झिकिएको अवस्थामा खुट्टा भेटिएपछि अनुसन्धानलाई समेत गुम्वातर्फ मोडेको जनाएको छ । शव भएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले नलीहाड झिकिएको र २० वर्षभन्दा माथिको वयस्क महिलाको भएको उल्लेख गरेको छ । तर शिक्षण अस्पताल महाराजगन्जले डीएनए रिपोर्ट तयार गर्न समय लगाएपछि प्रहरीले अनुसान्धानलाई अगाडि बडाउन समय लागेको जनाउदै थप विवरण अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने समेत जनाएको छ ।

शव हत्या गरी जलाइएको की जलाएर हत्या गरिएको भन्ने स्पष्ट हुन सकेको छैन । खुट्टा फेला परेको नजिक आगो लागेको वा कुनै वस्तु डढाइएको देखिएको थिएन । त्यसकारण शवको एक भाग त्यहाँ ल्याएर फालिएको प्रष्ट भएको छ । बिहान दुबो टिप्न निस्किएकी स्थानीय महिलाले खुट्टा देखिएपछि प्रहरीलाई खबर गरेकी थिइन । हत्या गरेर शरीर व्यवस्थापन गर्न सक्नेले खुट्टा मात्र त्यहाँ किन फाल्यो । खुट्टा फालिएको वरिपरी रगत पनि नभएकाले त्यो क्षेत्रमै हत्या भएको शंका गर्न सकिने अवस्था पनि नभएपछि प्रहरीका लागि यो प्रश्न चुनौतीपूर्ण बनेको छ । बौद्ध आसपास थप अन्य शवको भाग खोज्न पुरै अपरेशन नै चलायो तर फेला पार्न सकेन । समान्य अनुसन्धानले यो घटना पत्ता लगाउन नसक्ने निष्कर्ष पछि प्रहरी थप रणनीतिका साथ गुम्वा र धर्मगुरुहरुमा केन्द्रीत भएको जनाएको छ । बौद्ध क्षेत्र लामाधर्मगुरु, गुम्वा प्रसस्त भएको क्षेत्र मानिन्छ । डिएनए रिपोर्टका आधारमा थप अनुसन्धान हुने छ तर महिलाको शव भन्ने प्रमाणित भएकाले यसमा सबैले वेपत्ता भएका महिलाको खोजीमा सहयोग गर्न समेत सबैमा अनुरोध गरी सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com